त्रिभुवन विमानस्थलमा बम राखेको सूचन : सर्च गर्दा कुनै शंकास्पद वस्तु नभेटिएपछि हवाइ उडान पुनः सुचारु

काठमाडौं, २१ वैशाख ।

त्रिभुवन विमानस्थलमा अज्ञात व्यक्तिले बम राखेको भन्ने सूचनापछि बन्द भएको आन्तरिकतर्फको हवाइ उडान पुनः सुचारु भएको छ ।

बम राखिएको सूचनापछि सर्च गर्दा कुनै शंकास्पद वस्तु नभेटिएपछि यात्रुलाई आन्तरिक उडानका लागि भित्र पठाउन थालिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

त्रिभुवन विमानस्थल प्रहरीका अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो । र, उनले बम राखिएको सूचना दिएका थिए । सूचनापछि यात्रुलाई बाहिर निकालेर सर्च गरिएको थियो ।

You May Also Like