‘तेरो दाइ मिदी भइ सक्यो, जे गर्न मन लाग्छ गर भन्दै भाइरल भिडियो बनाउने युवक पक्राउ

कपिलवस्तु, २१ वैशाख ।

म्यादी प्रहरीको पोशाक लगाएर ‘तेरो दाइ मिदी भइ सक्यो, जे गर्न मन लाग्छ गर केटाओ’ भन्दै भाइरल भिडियो बनाउने युवक पक्राउ परेका छन् ।

कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मीलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको जनाइएको छ । कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको कपिलवतु प्रहरीले जानकारी दिएको छ ।

उनले खिचेको भिडिओमा भनेका छन् ,‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।’

रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको प्रहरीले जनाएको छ ।

You May Also Like