छायाँनाथ रारा नगरपालिका प्रमुखमा माओवादी केन्द्रबाट बुढाको मनोनयन दर्ता

रारा सञ्चार,
मुगु, १२ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट मुगु जिल्ला छायाँनाथ रारा नगरपालिकाको नगर प्रमुखमा सुर बहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार गमगढीमा रहेको निर्वाचन कार्यलयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

मुगुमा सत्ता गठबन्धनले तालमेल गर्न लामो समयसम्म बैठक बस्दा पनि भागबन्डा नमिल्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले एकता गर्दै नगरपालिकामा लड्ने निर्णय गरेका थिए । सोही अनुसार माओवादी केन्द्रले बुढालाई नगर प्रमुखमा अघि सारेको नेकपा (माओवादी केन्द्र) छायाँनाथ रारा नगरपालिकाका सचिव रत्न वडुवालले जानकारी दिए ।

उनका अनुसार दुई दलिय गठबन्धन गरी नगरपालिकामा चुनाव लड्ने भएका छन् । त्यस्तै छायाँनाथ रारा नगरपालिकाको उपप्रमुख पदमा एकीकृत समाजवादीलाई दिने निर्णय गरिएको छ । पालिकमा रहेका सबै वडा मध्ये ७ वटा वडा माओवादी केन्द्र र ७ वटा वडा एकीकृत समाजवादीलाई दिने निर्णय गरिएको वडुवालले जानकारी दिए ।
जिल्लामा रहेका सत्ता गठबन्धन प्रमुख पार्टी नेपाली काँग्रेसले ठुलो भाग मागेकोले नगरपालिकामा तालमेल गर्न नसकिएको वडुवालले बताए । नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

You May Also Like