कैलालीको बिपत्त मुक्त कमैया शिविरमा भीषण आगलागी

कैलाली, ११ वैशाख ।

कैलालीमा भीषण आगलागी भएको छ । जिल्लाको कैलारी गाउँपालिका ७ रामपुरको बिपत्त मुक्त कमैया शिविरमा भीषण आगलागी भएको हो ।

आइतबार दिउँसो भएको आगलागीबाट ५० भन्दा बढी घरहरु जलेका र आगलागी अझै पूर्ण नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

उनका अनुसार घरभित्रका अन्न लत्ताकपडा लगायतका सम्पत्ति जलेको छ । आगलागीको कारण खुल्न सकेको छैन् । आगोलाई नियन्तरणमा लिन स्थानीय र प्रहरी लागिरहेको उनले जानकारी दिए । ‘आगो नियन्त्रणको प्रयासमै रहेका छौं,’ उनले भने । 

धनगढी उपमहानगरपालिका्, टिकापुर, भजनीलगायत स्थानीय तहबाट ४ वटा दमकलबाट आगलागी भएको स्थानमा आइपुगेको उनले बताए । चारवटा दमकलको प्रयोग गरी आगो निभाउन प्रयास गरिरहेका छौँ, उनले भने ।

You May Also Like