एमालेको नेतृत्वले सच्चा कम्युनिष्ट सिद्ध्याउने खतरा छ : प्रचण्ड

काठमाडौं, ९ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केनद्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले नेपालमा सच्चा कम्युनिष्टलाई सिद्ध्याउन खोजीएको बताएका छन् । एमालेमा रहेको मुख्य नेतृत्वमा कम्युनिष्ट नभएकोले इमानदार कम्युनिष्टलाई धकेल्दै लगेको बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवश र लेलिन जयन्तीको अवसरमा माओवादी केन्द्रको केन्द्रीय कार्यलयमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

‘ नेपालमा सच्चा कम्युनिष्टलाई सिद्ध्याउन खोजीएको छ,’ उनले भने, ‘एमालेमा भएको नेतृत्वमा कम्युनिष्ट भावना नभएको शक्ति आएको छ । पार्टीमा भएका सच्चा कम्युनिष्टहरुलाई स्थान नदिएर धकेल्न खोजेको छ ।’

एमालेमा रहेका धेरै नेताले नेपालमा कम्युनिष्ट पार्टीहरुको एकता आवाश्यक रहेको बताउँदै आएको उनले बताए । ‘एमालेमा सयौँ नेताले कम्युनिष्ट पार्टीहरुको एकता आवाश्यक छ, मिलेर नै अघि बढ्नु पर्छ भनेर भन्दै आएका छन्,’ उनले भने, ‘पार्टीमा रहेको नेतृत्वले गर्दा उनीहरुका आवाजहरुले पूर्णता पाएका छैनन् ।’

उक्त कार्यक्रममा बोल्दै उनले नेपालमा प्रतिगमन गर्नेको शक्ति कमी नरहेकोले फेरी पनि प्रतिगमन हुने खतरा बढ्दै गएको उनले दाबी गरे । ‘नेपालमा अझैपनि प्रतिगमनको खतरा छ,’ उनले भने ।

आउँदै गरेको स्थानीय तह निर्वाचनमा प्रतिगमन गर्ने पक्ष र प्रतिगमन विरोधी पक्षले प्रतिसपर्धा गर्ने भएकोले जनताले कुन पक्षलाई जिताउँछन्, त्यो हेर्न बाँकी रहेको उनले बताए । ‘आउँदै गरेको निर्वाचनमा प्रतिगमन र प्रतिगमन विरोधीबीच प्रतिशपर्धा हुँदै छ । त्यसमा जनताले के निर्णय लिन्छन्, हेर्न बाँकी नै छ,’ उनले भने, ‘मलाई लाग्छ जनताले संविधानको रक्षकलाई अवश्य नै जिताउँने छन् । 

You May Also Like