रेणुलाई भरतपुर चाहियो‚ नभए हुन्न भन्ने कुरामा सत्यता छैन : प्रचण्ड

रारा सञ्चार,
काठमाडौं, ५ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले चितवनको भरतपुर महानगरपालिकामा रेणु दाहालका लागि मेयर हुनै पर्छ भनेर नभनेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गरिएको पत्रकार सम्मेलनका क्रममा अध्यक्ष दाहालले भरतपुर महानगर नै चाहिने र मेयरमा रेणुलाई नै उठाउनुपर्ने दाबी आफूहरूले नगरेको बताएका हुन् ।

‘रेणुलाई भरतपुर चाहियो‚ नभए हुन्न भन्ने कुरामा सत्यता छैन,’ उनले भने, ‘काँग्रेसका धेरैलाई पनि भरतपुरमा हामीलाई सहज हुन्छ भन्ने छ ।’

उनले ६ वटा महानगरपालिकामध्ये ३ वटा काँग्रेसले लिओस् र बाँकी तीनवटा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादीबीच भागबन्डा हुने गरेर गठबन्धन भित्र सहमति हुन लागेको उनले दाबी गरे ।

You May Also Like