माओवादी केन्द्र छायाँनाथ रारा नगरपालिका समितिको बैठक सुरु, सबै वडाका उम्मेदवारको टुङ्गो लगाउने

रारा सञ्चार,
मुगु, ५ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका समितिको चौथो बैठक बसेको छ । छायाँनाथ रारा नगरपालिकाको यो बैठकले नगरपालिकामा रहेका वडा उम्मेदवारको टुङ्गो लगाउने छ ।

नेकपा (माओवादी केन्द्र) प्रदेश निर्वाचन क्षेत्र (क) का इन्चार्ज सुर बहादुर बुढाका अनुसार छायाँनाथ रारा नगरपालिकामा रहेका १४ ओटै वडामा वडाध्यक्षका उम्मेदवार लगायत सदस्यहरुको पनि टुङ्गो लगाउने गरी बैठक बसेको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य मंगलबहादुर शाही लगायतका नेताहरुले उपस्थित जनाएको बुढाले रारा सञ्चारलाई जानकारी दिए ।

You May Also Like