सत्ता गठबन्धनको बैठकमा मिलेन सिटको भागबन्डा

रारा सञ्चार,
काठमडौं, ५ वैशाख ।

स्थानीय तहको निर्वाचनमा तालमेलका लागि बसेको सत्ता गठबन्धनको बैठकले सिट भागबन्डा मिलाउन सकेको छैन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठक साँझ पुनस् बस्ने गरी स्थगित गरेको जनाईको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बेलुकासम्म सिट बाँडफाँडको टुंगो लगाउने गरी बैठक स्थगित भएको छ ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्ने’bout छलफल गरिरहेका छन् । तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ ।

You May Also Like