‘ए मेरो हजुर ४’ को आसलाग्दो व्यापार

काठमाडौं, ५ वैशाख ।

नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ ले चार दिनमा ३ करोड माथिको व्यापार गरेको छ ।

नयाँ वर्षको अवसर पारेर प्रदर्शन आएको चलचित्रले पहिलो दिन नै ८० लाखको ग्रस कलेक्सन गरेको थियो ।

चर्चित साउथ चलचित्र ‘केजिएफ’ को दबदबाबिच पनि देशभरका हलहरूमा पहिलो सो हाउस फुल बनेको थियो । वितरण कम्पनी काफिया फिल्म्सका गोविन्द शाहीले दिएको रिपोर्ट अनुसार यो फिल्मले पहिलो दिन नै ८० लाख कमाएको थियो ।

साथै तेश्रो दिन पनि नेपालका अधिकांश हलहरू भरिएका छन् । चलचित्रलाई दर्शकले अत्याधिक रुचाएका छन् । चौथो दिनमा पनि हलहरुमा टिकट पाउँन भिड बस्नु पर्छ ।

चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रको कथा निर्देशक झरना थाप लेखेकी हुन् ।

प्रेम कथामा आधारित रहेर फिल्म बनेको छ । पटकथा र संवादमा उनलाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतीक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । चलचित्रकम अनमोल र सुहानासंगै सलोन बस्नेत, सरोज खनाल , रबी गिरी लगायत कलाकारहरूको रोमान्चक अभिनय रहेको छ ।

You May Also Like