प्रचण्ड, माधव र नेकपाका नेताबीच भेटवार्ता

रारा सञ्चार,
काठमाडौं, ४ वैशाख ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विप्लव नेतृत्वको नेकपाका नेताहरुसँग भेटबार्ता गरेका छन् ।

आइतबार भएको भेटमा जेलमा रहेका आफ्ना नेता-कार्यकर्ताको रिहाइलगायत तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलाले जानकारी गराएका छन् ।

भेटमा विप्लव समूहबाट नेता वास्तोला र हेमन्तप्रकाश वली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ लगायतका नेता सहभागी रहेका थिए । सो ’bout प्रचण्ड माधव कुमार नेपालले केही प्रतिकृया नदिएको एक नेताले बताए ।

You May Also Like