इन्जिनमा समस्या देखिदा लुक्ला उडेको समिट एयर काठमाडौं फिर्ता

काठमाडौं, ४ वैशाख ।
इन्जिनमा समस्या देखिएपछि सोलुखुम्बुको लुक्ला उडेको समिट एयरको जहाज काठमाडौं फिर्ता भएको छ ।

ए।एम।पी कल साइन भएको जहाजको देब्रे भागको इन्जिनमा समस्या भएपछि इन्जिन ‘सटडाउन’ गरेर काठमाडौँ फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यलयले जानकारी दिएको छ ।

जहाजमा १० विदेशी ५ नेपाली यात्रु र ३ जना क्रु मेम्बर सवार थिए । सिङ्गल इन्जिनमार्फत जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको उड्डयन कार्यलयले जनाएको छ ।

You May Also Like