आवाश्यक परे माओवादी केन्द्रले एक्लै लड्नुपर्ने अवस्था आउनसक्छ : प्रचण्ड

रारा सञ्चार,
काठमाडौं, २ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले एक्लै लड्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् । उनले पार्टीका नेताहरुलाई ब्रिफिङ गर्दै यसो भनेका हुन् ।

शुक्रबार खुमलटारमा बसेको पार्टीको हाई कमाण्ड बैठकमा प्रचण्डले समय अनुसार एक्लै चुनावमा लड्नु पर्ने अवस्था आउन सक्ने बताएका हुन् । पछिल्लो समय सत्ता गठबन्धनले चुनावी तालमेलको मोडालिटी’bout छलफल गरिरहेको बेला उनले नेताहरुलाई सो निर्देशन दिएको एक नेताले बताए ।

माओवादी केन्द्रको लागि यो निर्वाचन ठूलो महत्वको विषय भएको उनले बैठकमा बताएका छन् । पार्टीका सबै नेताहरुले चुनावमा धेरै नै मेहनत गर्नुपर्ने र सबै नेता तथा कार्यकर्तालाई स्थानीय स्थरमा गएर काम गर्न निर्देशन दिएका छन् ।

चुनावी तालमेलको विषय निकै पेचिलो बनेकोले माओवादी केन्द्रले आफ्नैअनुसारको तयारी गर्नुपर्ने उनले सो बैठकमा बताएका छन् ।

नेपाली काँग्रेस चुनावी तालमेल’bout सभापति शेरबहादुर देउवा र डा। शेखर कोइराला समूहका नेताहरुबीच कुरा बाझिएको छ । कोइराला पक्षले सकेसम्म काँग्रेस एक्लै लड्नुपर्ने बताएका छन् । यो कुराले माओवादी केन्द्रलाई नुनाव नजिक आउँदै गर्दा केही असर पार्न सक्न भएकोले नेताहरुलाई एक्ले भए पनि चुनावमा लड्ने तयारी गर्न निर्देशन दिएका छन् ।

You May Also Like