गोबिन्द मालकाे नेतृत्वमा अखिल (क्रान्तिकारी) बैतडी

मिति २०७७ साल भदौ २४ गते अनेरास्ववियु क्रान्तिकारी बैतडीकाे ९ औं जिल्ला सम्मेलनले अध्यक्षमा गोविन्दसिंह माल चयन भएका छन् । बिहीवार सदरमुकाम स्थित शहिलेकमा सम्पन्न अनेरास्ववियु (क्रान्तिकारी)को ९ औं जिल्ला सम्मेलनमा माल सर्वसम्मत चयन भएका हुन् । बिहीबार मालको अध्यक्षतमा ५१ सदस्यीय जिल्ला कमिटिमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सोनम धामी, पूर्ण धामी र गणेश ओड चयन भएका छन् । यसैगरी सचिवमा गणेश बम, कोषाध्यक्षमा हेमा कुँवर र सह-सचिवमा रोशन भट्ट, सुरज विक र तेजराज जोशी चयन भएका नेकपा माओवादीका युवा नेता दिपक धामीले जानकारी दिनुभयो । अखिल (क्रान्तिकारी) केन्द्रिय सचीव एवम सुदूर पश्चिम प्रदेश संयाेजक मदन भुलको प्रमुख आथित्यता तथा नेकपा (माओवादी केन्द्र)का नेता एवम प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट (आदित्य)को विशिष्ट आथित्यतामा समपन्न अनेरास्ववियु (क्रान्तिकारी)को ९ औं जिल्ला सम्मेलनमा नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । विशिष्ट अतिथिको रुपमा आफ्ना भनाइ राख्दै नेकपा (माओवादी केन्द्र) का जिल्ला सयोजक प्रेम प्रकाश भट्ट (आदित्य) ले हेर्दा सामान्य जस्तो लाग्न सक्ने भएपनि जनताको अवस्था कहालीपूर्ण भएको वताए । उनले गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा र रोजगारी निशुल्क पाउनु जनताको नैसर्गिक अधिकार भएको दाबी गरे ।

विशिष्ट अतिथिको रुपमा आफ्ना भनाइ राख्दै नेकपा माओवादी केन्द्र का जिल्ला सयोजक प्रेम प्रकाश भट्ट (आदित्य) ले हेर्दा सामान्य जस्तो लाग्न सक्ने भएपनि जनतहरेक कुरामा राज्यले जनता माथि विभेद गरिरहेको उनको आरोप छ । यो अवस्थालाई परिवर्तन गरि न्यायपूर्ण समतामुलक बैज्ञानिक समाजवाद स्थापना गर्नु अति आवश्यक भैसकेको दाबी गरे । कार्यक्रम मा एक दर्जन वढी नेकपा एमाले निकटले अनेरास्ववियु (क्रान्तिकारी) मा प्रवेश गरेका छन ।

You May Also Like