सिता एयरको मुगु हवाई उडान सुरु

मुगु जिल्लामा दुई महिना पछि हवाई उडान सुरु भएको छ । कोभिड १९ को दोस्रो लहर संगै आन्तरिक हवाई उडान बन्द भएको थियो । रारा एड्भेन्चर प्रा. लि.र सिता एअरको सहकार्यमा शुक्ररबारदेखि सिता एयरले सुर्खेतबाट मुगु उडान सुरु गरेको हो । सिता एयरले सुर्खेतबाट मुगु शुक्रबार १३ जना र शनिवार १० जना यात्रु बोकेर उडान गरेको थियो ।

हवाई उडान सुरु भए संगै मुगुका स्थानिय खुसि भएका छन् । उडान सुरु हुदा विरामि विद्यार्थि, कर्मचारी, विकास निर्माणका कार्य र मुगु वासिलाई सहज हुने रारा एड्भेन्चर प्रा.लि.का संचालक देबिकृष्ण रोकायाले बताए ।

बर्षा सरु भए संगै कर्णाली राजमार्ग अवरुद्ध हुने भएकाले कर्णालीकालागी हवाई मार्ग सजिलो र सुरक्षित मानिन्छ । स्थलमार्ग भन्दा हवाई मार्ग सुरक्षित हुने भएकाले स्वास्थ्य सुरक्षा विधि अपनाउदै हवाई सेवा निरन्तर सुचारु गरिनु पर्ने रोकायाको भनाई छ । मुगु जिल्ला बासिको आवश्यकता नेपालगन्ज र सुर्खेतबाट थप हवाई उडानको लागी पहल गर्ने रोकाया वताउन्छन् ।

हवाई यात्रा गर्नकोलागी यात्रुहरुले अनिवार्य ७२ घण्टे पि.सि.आर वा एन्टिजन रिपोर्ट र परिचय खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । सस्कृति पर्यटन ताथा नागरिक उड्ययान मन्त्रालय र नागरिक उड्ययान प्राधिकरणकोअनुमतिमा सिता एयरले सुर्खेत मुगु उडान सुरु गरेको हो।

 

You May Also Like