गायक थापाले ल्याए फेरी बेतिथी र विसंगति विरुद्धको गित

लोकदोहोरी गायक गोपाल जंग थापाले धेरै भए फटाहा जाली बोलको गीत बजारमा ल्याएका छन । सञ्चारकर्मी समेत रहेका थापाले यो गीतमा देशको समसामयिक घट्ना क्रमलाई प्रस्तु गर्न खोजिएको बताएका छन । उनले गित मार्फत मनोरञ्जनका मात्र नभई जनजागरण र जनचेतनाको सन्देश दिन खोजेको पनि बताए ।

गायक थापाले जनताको प्रतिनिधीका रुपमा नेतृत्व गर्नेहरु जनता र राष्ट्रप्रति उत्तरदायी हुनु पर्ने भन्दै आफ्नो गित मार्फत मुलुकमा हुने गरेका बेतिथी विरुद्धको आवाज बुलुन्द पारेको बताए ।

थापाको स्वर रहेको यस धेरै भए फटाहा जालीको शब्द संगीत चित्रकला बुढा थापाले गरेकी हुन । राज मल्ले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन जीवन अधिकारीले गरेका हुन । गायक थापाले यसअघि भत्ता पचाउन, नेपालका नेता, क्या राम्रो रै छ नि साँफेबगर, चश्मा लाउँछु कालो, बर पिपल छायाले लगायतका गित बजारमा ल्याइसकेका छन ।

You May Also Like