माओवादि केन्द्रको माग : सीसीएमसी खारेज गरि सर्बदलिय सयन्त्र बनाउ ।

नेकपा माओवादि केन्द्रले कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरू’bout प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउनको लागी प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

माओवादि केनद्रले देश कोरनाको महाँमारीमा रहेको अवस्थामा सीसीएमसीले काम गर्न नसकेको भन्दै सीसीएमसी खारेज गरेर कानुनले चिनेको प्रधानमन्त्रीको नेतृत्वको विपद व्यवस्थापन समिति या गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्ने सुझाव समेत दिएको छ ।

त्यस्तै माओवादी केन्द्रले कोभिड नियन्त्रण र रोकथामका लागी सिसीएमसि पुरै असफल भएकाले प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माग गरेको छ । स्वास्थ्य सामाग्री खरिद देखि वितरण सम्ममा भएको अनियमितताको निन्दा गर्दै माओवादीले स्वास्थ्य उपकरणहरुको अविलम्ब व्यवस्था गर्न पनि माग गरेको छ ।

माओवादी बैठकले अत्यावश्यक बाहेकका राजनीति नियुक्तिहरु रोक्न तथा अनुपयुक्त क्षेत्रको खर्च घटाएर कोरोना नियन्त्रणमा जुट्न सरकारसँग माग गरेको छ । संक्रमणको पहिलो र दोस्रो लहरबाट सरकारले शिक्षा लिएको देखिएन । अहिले तेस्रो लहर आइसक्यो । त्यसैले पहिलेबाट शिक्षा लिदै तेस्रो लहरबाट जनतालाई बचाउन सरकार पर्याप्त गृहकार्य र तयारीमा लाग्न सरकालाई सुझाब दिएको छ ।

You May Also Like