गजल धर्मानन्द भट्ट

गजल धर्मानन्द भट्ट कंचनपुर

म मलाई म बनाउने अभियानमा छु।
तसर्थ होला अलिकति थकानमा छु।

कतिले सोच्छन होला बिलायो भनी
झुट हो यो तिमी भएकै मैदानमा छु।

विवेकले निर्देशित विचार व्यक्त गर्छु,
न कसैको बिरोध न त गुणगानमा छु।

जति दगुरे नि आउने गन्तव्य यहीँ हो
भेट हुनेछ जरुर म त्यही मसानमा छु।

के देखिन्छ कुन्नि टाढाबाट हेर्दा भीड
म पनि त उपस्थित त्यहीँ बथानमा छु।

कुन फूल रोज्ने हो रोजाइ आफ्नो हो
म पनि रोजिने फूलहरूकै बगानमा छु।

You May Also Like