कुलमान घिसिङ पदबाट बाहिरिदा संगिताले लेखिन मनै रुवाउने कविता

गाउँनै सुन्य देखिन्थ्यो अध्यारोनै अध्यारोले घेरिदा
टुकि बालेर पढ्यौ चौबीसै घन्टा लाईन जादा
कहाँ सुन्न पाइन्थ्यो र देश बिदेशमा घटेका समाचार
जब कुलमान आए पदमा छिनमै भयो चमत्कार

उज्यालोले देशलाई बाल्ने यात्रामा निरन्तर डुलि रयौ तिमी
मिहिनेत पसिनाले त सबैको मन मुटुमा बस्यौ तिमी
तीन चार बर्ष मानै नेपाल तारा झै चम्क्क चम्कियो
कुलमान प्रवेश गरे पश्चात् बिद्धुतिय क्षेत्र अगाडि लम्कियो

जलस्रोतको दोस्रो धनी देश नेपालीको स्वाभिमान
बालक देखि बृद्ध जब्बछ्न जयजयकार कुलमान
घुस भ्रष्टाचार बाट उनी अलगै अलग्गिए
केबल देशलाई लोडसेडिङ मुक्त गराउछु मात्रै सोचिदिए

सधैं लोडसेडिङको चिन्ता गरेनन् खुशीको भए
उज्यालोले देशलाई चम्काउछु भनेर गरे उन्ले तय
झिलिमिली अनि झिलिमिली केको झिलिमिली बत्तीको
कुलमानले झै बिद्धुतमा कस्ले पो गर्ला र खै यत्तिको

उज्यालोनै उज्यालोको छहारीमा रमाउने बानी भयो
कुलामान घिसिङ पदबाट बाहिरदा सारा नेपालीको मन रोयो
उज्यालो नजाओस् कुलमान संगै यहीँ छ काममा
उज्यालोले बिगारेछ मति गर्न सक्दिन अध्यारोको सामना
संगिता पहरी

You May Also Like