कविता तिम्रो शहर संगिता पहरी

 संगिता पहरी

तिम्रो शहरमा दुस्ख भित्र सुख लुकेको छ
पीडामा बग्ने आँसु भित्र हाशो बगेको छ
भोका नाङ्गा दिन दुखिलाई देख्दा पीडामा
मन बहकिन्छ तिम्रो तुच्छ तुजुक शहरमा

प्रदुषित हावाले मेरो केश हल्लाई दिदा
तिम्रो शहर मलाई स्वर्ग झै लाग्छ
दिन प्रतिदिन मानवमा मानवता हराएको देख्दा
तिम्रो शहर कति सम्म निर्दयी छ झै लाग्छ

ठुला ठुला गाडीले सडकमा हर्न बजाउदा
तिम्रो शहरमा आन्नदीय संगित गुन्जिन्छ
बिहानी पख कोइली सुरतालमा गाउदा
कानमा सुमधुर धुनको संगम छाउछ

चुनाव जिती नेता त्यही बाटोमा कार हाक्दैन छन
भोट दिई जिताउने जनता त्यही भिख माग्दै छन्
मासिक तलबको भरमा आफ्ना लालाबाला पाल्न गाह्रै होला
धेरै थोरै घुस नखाई तिनलाई बाच्न साह्रै होला

नेता देखि पिउन अचार देखि तिउन सम्म चिनियो
गाउँमा सित्तैमा पिईने जल तिम्रो शहरमा नगदले किनियो
कहाँ भुल्न सक्छु र दिनरातै डुल्ने चोक गल्लीलाई
भुलेको छैन आकाश छुन लागेको महङ्गिलाई

You May Also Like