कोरोनाको जाँच गर्ने अस्पताल नै हट स्पोर्ट बन्ने खतरा, भौतिक दुरीको बेवास्ता

कोरोनाको जाँच गर्ने अस्पताल नै कोरोना सार्ने हट स्पोर्ट बन्ने खतरा बढेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जाँच गराउन अस्पताल पुग्नेहरुको भिड धेरै हुने भएकाले संक्रमणको जोखिम झन् बढेको हो । कोरोना भाइरसको संक्रमण छ की छैन भनेर जाँच गराउने क्रममा स्वाब दिन लाइनमा लाग्दा निकै ठेलमेल गरी जाँच गराउनु पर्ने बाध्यता छ । लाइनमा बस्दा समेत भौतिक दुरीको पालना हुने गरेको छैन । समान्यतयाः ६ फिटको भौतिक दुरी कायम राख्नु पर्ने नियम भएता पनि यस्ता स्वास्थ्य सुरक्षाका मापदण्डको समेत धज्जी उडाइएको छ ।

यसले कोरोनाको संक्रमण नभएकाहरु समेत संक्रमणको चपेटामा पार्ने खतरा बढेको कतिपय सर्वसाधारणको भनाई छ । उनीहरुले कोरोना भाइरसको जाँच गर्ने कार्यलाई सहज बनाउनु पर्ने बताएका छन । सरकारले नै भिडभाडबाट कोरोनाको जोखिम बढ्ने भन्दै निषेधाज्ञा जारी गरेका बेला काठमाडौँको टेकुमा अवस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना जाँच गराउनेको बाक्लो घुइचो लाग्ने गरेको छ । शुक्रबार समेत टेकु अस्पतालमा कोरोना जाँच गराउनहरु बीच तछाडमछाड देखिन्थ्यो । यसले कोरोनाको संक्रमण रोक्न गरेको निषेधाज्ञा र पालना गर्नु पर्ने भौतिक दुरीको नियमलाई समेत उल्टै गिज्याइरहेको भान हुन्थ्यो ।

चेकजाँच गराउन पुगेका सर्वसाधारणले समेत जोखिम ’bout खासै ध्यान दिएको देखिएन । कोरोना भाइरसको संक्रमणबाट जोगिन कोराना जचाउन पुगेका सर्वसाधारणको यो भिडले उल्टै कोरोना ल्याउन गएको जस्तो अनूभूति हुन्थ्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनु सबैको दायित्व हो । त्यसैले कोरोना भाइरसको संक्रमणको जोखिम बढीरहेका बेला हरेक ठाउँमा स्वास्थ्य सावधानी अपनाउन हेलचेक्राइ गर्नु हुदैन ।

भिडियो हेर्न तलको लिकंमा Click गर्नुहोस

You May Also Like