स्वाथ्य तथा जनासंख्या मन्त्रालयले माग्यो स्वयंसेवक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको सेवामा खटिनका लाथि स्वयंसेवक माग गरेको छ । आइसोलेसन र क्वारेन्टिनमा रहेका कोरोना संक्रमितहरूको सेवामा खटिन इच्छुक स्वयंसेवकलाई आवेदन दिन आह्वान गरेको हो ।

           संक्रमितहरूको स्वास्थ्य सेवामा स्वेच्छाले खटिने गरी नर्स, चिकित्सक, प्यारामेडिक्स र सेवानिवृत्त भएका अन्य स्वास्थ्यकर्मीलाई आवेदन दिन आह्वान गरिएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसका लागि इच्छुक स्वास्थ्यकर्मीले मन्त्रालयको वेबसाइटमा गएर तीन दिनभित्र अनलाइन आवेदन दिन सक्नेछन्। मन्त्रालयले कति संख्यामा स्वयंसेवक चाहिएको हो त्यो भने खुलाएको छैन ।

 शुरुमा कति स्वयंसेवकले इच्छा देखाउछन, त्यसपछि आवश्यकताअनुसार परिचालन गर्ने मन्त्रालयको भनाई छ । यसअघि पनि मन्त्रालयले स्वयंसेवकको माग गरेकोमा धेरैले इच्छा नदेखाएको बुझिएको छ ।

You May Also Like