सिता एअरले काठमाण्डौ र नेपालगञ्जबाट मुगु चार्टर उडान गर्ने

सिता एअर र रारा एड्भेन्चर ट्राभल्सको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय मुगुको सम्वन्यमा बन्दाबन्दिमा परेका मुगुबासिहरुकालागी काठमाण्डौ र नेपालगञ्जबाट मुगु जानकोलागी पून हवाई उडान हुने भएको छ । दोस्रो चरणको बन्दाबन्दि सुरु भएसंगै देशको विभिन्न स्थानमा रहेका विरामि, विद्यार्थि, कर्मचारी लगायत अलपत्र परेर मुगु जान नपाएका मुगुबासिहरुको तथ्याकं संकलन भै रहेको रारा एड्भेन्चर ट्राभलका संचालक देबिकृष्ण रोकायाले बताए ।

कोभिड १९ काकारण लामो समयदेखि देश लगडाउन छ । लगडाउनका कारण विरामि, विद्यार्थि, सरकारी कर्मचारी अन्य मजदुर समस्यमा छन् । बर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध छ । वस तथा जिपमा मुगु जान सम्भव छैन । मुगु भौगोलिक विकट भएकाले हवाई उडानको विकल्प नभएको रोकाया बताउन्छन् । जिल्ला प्रशासन कार्यालय मुगुको सम्मन्वयमा मुगु जिल्लाको आवश्यकता अनुसार उडानको लागी पहल गरिने रारा एड्भेन्चर ट्राभलका संचालक देबिकृष्ण रोकायाले वताउन्छन् । हवाई यात्रागर्ने यात्राुहरुले स्वास्थ्य सुरक्षा विधि अपनाउनु पर्ने र पि.सि.आर. परिक्षणको रिपोर्ट अनिवार्य हुनु पर्ने छ । बस भन्दा प्लेन सुरक्षित हुने भएकाले सरकारले  सुरक्षा बिधि अपनाएर यात्रु उडाउ र चार्टर उडान खोल्नु पर्ने रोकाया वताउन्छन् ।
सडक अवरुद्ध छ प्लेन चल्दैन चाडपर्व नजिकिदै छनु बजारमा दैनिक उपभोग्य सामान छैन । जिल्लामा खाद्ययन अभाव भएको छ । हवाई उडानबाट भए पनि जिल्लामा खाद्ययन आपूर्ति गर्न पहल गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले वताए ।
मुगुजानको लागी सम्पर्क नं. ९८५८३९०९९३ र ९८४१३०५०३२

You May Also Like