भदौ मसान्त सम्म हवाइ उडान र यातायातका साधन नखोल्ने सरकारको निर्णय

कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि सरकारले लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्‍चालन नगर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको हो ।
यस्तै बैठकले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय पनि गरेको बताइएको छ ।

You May Also Like