सुर्नया घाेकडा र खर्काधारमा विधुत विस्तार निर्माण कम्मपन्नीद्वारा सार्वजनिक सुनुवाई

बैतडी जिल्लाको सुर्नया गाउँपालिका ६ का बिभिन्न टोलहरुमा बिद्युत लाइन बिस्तारको ठेक्का पाएको निर्माण कम्पनीले सार्वजनिक सुनवाई तथा सामाजिक परीक्षण गरेको छ ।

नेपाल विधुत प्राधिकरण बैतडी शाखाको आर्थिक वर्ष २०७६/७७ बाट उक्त क्षेत्रमा काम गर्ने ठेक्का पाएको धुनिमाई भगवती निमाण सेवाले सार्वजनिक सुनुवाई गरेको हो ।

सुर्नया ६ घोगडा र खर्काधार गरी दुई स्थानमा सार्वजनिक सुनुवाई आयोजना गरिएको निर्माण सेवाका प्रतिनिधि जयराज भट्टले बताए । सुर्नया ६ को घोगेडा, कोखेत, तिमूनि, खर्काधार लगायतका ठाउँमा बिद्युत लाईन विस्तार भएपछि सार्वजनिक सुनुवाई गरिएको हो ।

नेपाल विद्युत प्राधिकरण बैतडी शाखाका प्राविधिक सहायक प्रकाश विष्टले बिद्युत लाईन विस्तार भए पनि मिटर जडान गरी बत्ती बाल्न बाकी रहेको जानकारी दिए । लाइन विस्तार पछि करिव १ सय घरधुरी लाभान्वित हुने स्थानीय धर्मानन्द अवस्थीले बताए । बिद्युत बिस्तारको जिम्मा पाएको धुनिमाई भगवती निर्माण सेवाले उक्त ठाउँमा बिद्युत लाईन बिस्तार कार्य सन्तोषजनक रुपमा गरेको उनले वताए । ठेक्कामा निर्माण व्यवसायीले सार्वजनिक सुनुवाई गरेको यो पहिलो पटक हो । बिद्युत बिस्तार अन्र्तगत घोगेडामा १५ केभिए र स्वास्थ्यचौकी नजिक ५० केभिएको ट्रन्सफर्मर जडान गरिएको छ । बिद्युत बिस्तार भएपछि बर्षौ देखि अध्याँरोमा बस्न बाध्य स्थानीयबासिन्दा उज्यालो पाउने आशामा खुशी भएका सुर्नया ५ का वडा सदस्य धनबहादुर मडैले बताए ।

You May Also Like