कोरोनाले सार्यो : नेकपाको बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक भदौ १८ गते सम्मका लागि स्थगित भएको छ । शनिबार बिहान ११ बजेका लागि तय भएको सचिवालय बैठक अब १८ गतेका लागि तय गरिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गएको भदौ ६ गते कार्यदलले प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन माथि छलफल गर्न भदौ १३ गते शनिबारका लागि सचिवालय बैठक बोलाइएको थियो ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै जादा केही नेताहरू होम आइलोसेसनमा बसेका कारण बैठक १८ गतेका लागि सारिएको बताइएको छ । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार सचिवालयका सदस्यहरू वरिष्ठ नेता माधवकुमार नेपाल, ईश्वर पोखरेल, रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन । यसअघि कार्यदलले बुझाएको प्रतिवेदनमाथि दुई अध्यक्षबीच छलफल भइसकेको छ । अध्यक्षद्वयले अनुमोदित गरेको प्रतिवेदन माथि सचिवालयमा थप छलफल गरी स्थायी कमिटी बैठकमा छलफलका लागि लिने तयारी छ ।

You May Also Like