कोरोना संक्रमण रोक्ने निषेध आज्ञाको चाल : सर्वसाधारणलाई काल, व्यापारीलाई मालामाल

काठमाडौँ उपत्यकामा निषेध आज्ञा जारी गरिएसंगै तरकारी र फलफूलको मूल्य आकाशिएको छ । कोरोना भाइरसको संक्रमण बढी रहेका बेला एकाएक तरकारी र फलफूल महंगो हुदा सर्वसाधारण मारमा परेका छन । कोरोनाका कारण पैसा आउने माध्यम बन्द भएकाहरुका लागि तरकारी किनेर खाने अवस्था नरहेको सर्वसाधारणको गुनासो छ । तरकारी र दैनिक उपभोग्य सामाग्रीको ढुवानी नरोकिए पनि व्यापारीहरुले भने निषेध आज्ञाको बहानामा मूल्य बढाइ दिएका छन । सामान्य वर्गका मानिसले कोरोना महामारीकाबीच दुई छाक खान नपाउने अवस्था हुदा बजारमा भने कालोबजारी मौलाएको छ । तरकारी र किराना पसलमा विगतको तुलनामा सामानको मूल्य धेरै बढाइएको छ ।

काठमाडौँ उपत्यकामा निषेध आज्ञा जारी भएता पनि सर्वसाधारणको सहजताका लागि बिहान र साँझको समयमा तरकारी र किराना पसलहरु खुल्ने गरेका छन । कोरोनाको नाम कतिपयलाई मालामाल बन्ने अवसर जस्तै बनेको छ । सर्वसाधारणको ढाडै सेकिने गरी तरकारी, फलफूल र दैनिक उपभोग्यका सामाग्रीको मूल्य बढाएर बजारमा महंगी आतंक भएको छ । व्यापारीहरुले अनियन्त्रित रुपमा मूल्य बढाएको भए पनि बजार अनुगमन गर्ने सरकारी निकाय भने मौन बसेको छ । मनलाग्दी बढाएको मूल्य नियन्त्रण गर्न सरोकावाला निकायलाई सर्वसाधारणले आग्रह समेत गरेका छन । निषेध आज्ञा र कोरोनाको नाममा आफूहरु ठगिएको उनीहरुको दुखेसो छ ।
तरकारी र फलफूलको मूल्य बढ्यो र मासुको मूल्य घट्यो ।
उपत्यकामा तरकारी र फलफूलको मूल्य आकाशिदा कुखुराको मासुको मूल्य भने ह्वात्तै घटेको छ । बजारमा अहिले हरियो तरकारी र फलफूल भन्दा ब्रोइलर कुखुराको मासु निकै सस्तो भएको छ । ब्रोइलर कुखुराको मासु प्रति केजी २ सय ५० रुपैया सम्म हुदा यसको तुलनामा तरकारी धेरै महंगो छ । यसरी बजारमा तरकारी र मासुको अन्तर धेरै भए पछि सामाजिक सञ्जालमा समेत हरियो तरकारी र मासुको चर्चा धेरै हुन थालको छ ।

You May Also Like