कोरोना संक्रमितको संख्या ३२ हजार नजिक, एकै दिन थपिए ८१८ जना

काठमाण्डौं भाद्र ०७ गते,  नेपालमा कोरोना संक्रमितको संख्या झण्डै ३२ हजार नजिक पुगेको छ । आज आइतबार मात्र देशभर गरी पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १६६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण भेटिएको छ । कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या १८ हजार ६३१ जना रहेको छ । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका मन्त्रालयले जनाएको छ ।

You May Also Like