जिप दुर्घटनामा परि १ को मृत्यु १० घाइते ।


बुधवार दिउसो करिव ४ः२५ बजे मुगु सदमुकाम गमगढिबाट सोरु गाउँपालिका तारा पानि जादै गरेको वोलेरो जिप दुर्घटना परि एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । जिप छायाँनाथ रारा नगरपालिका–३ निगाले गाउँ नजिकै दुर्घटना भएको थियो ।

क १ ज ३२ नम्बरको बालेरो जिप सडकबाट करिव सय मिटर तल खसेको र गाडीमा रहेका चालकसहित १० जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका–१३ रुगागाउँका १८ वर्षीय धर्म लावडको घटनास्थलमै मृत्यु भएको र घाइतेमा जुम्ला सिंजा गाउँपालिका घर भई हाल कोहलपुर सुतैयामा बस्दै आएका चालक खेमराज हमाल, सोरु गाउँपालिका–८ रुमका सिद्ध रावल, विर्षना रावल, टेकराज रावल, वडा–५ नेरका सुरेश शाही, राजबहादुर शाही, वडा–९ कालैका रघु विटालु, भक्त लावड, वडा–३ कमल राजबुमी र वडा–७ ख्यालचका रुपलाल बुढा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए ।

घाइतेहरूको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । सोरु गाउँपालिका–५ का ६२ वर्षीय राजबहादुर शाही र वडा–७ रुपलाल बुढाको अवस्था गम्भीर भएकाले जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालहरूमा उपचार गर्नका लागि रिफर गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए । कर्णााली राजमार्ग वर्षदका कारण अवरुद्ध भएकाले घाईतेहरुको उपचारकालागी हवाईजहाँज मार्फत नेपालगन्ज ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिए ।

You May Also Like