गल्ती हजार हुन्छन् यहाँ, होस हराएको बेला : धर्मानन्द भट्ट

धर्मानन्द भट्ट

गजल

गल्ती हजार हुन्छन् यहाँ, होस हराएको बेला।
मद्होस नै त हुन्छन् सबै, मन पराएको बेला।

निर्लज्ज भै नजीक छौ तिमी निर्वस्त्र झै गरी,
कत्ती लजाउ मैले तिम्ले सिमा सराएको बेला।

त्यो कान बन्द गर्छौ या त सुन्दै नसुन्ने भएछौ
केही जवाफ छैन यहाँ सारा कराएको बेला।

के खास के छ तिम्रो तिम्रो नजरमा अचम्मको
जादु चलाउछ्यौ मेरो ओठ लर्बराएको बेला।

सारा पगाल्न सक्छ अग्निको रापले धातु यो
सँग्लो म के रहुला तिमी समीप आएको बेला।

You May Also Like