प्रधानमन्त्रीले एमसिसी सम्झौता नपढी बिरोध गरेको भनेपछि युवाहरुले माईतिघरबाटै एमसिसि पढेरै सुनाए

काठमाडौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा माइतीघरमा बृहत प्रदर्शन भएको छ । प्रधानमन्त्रीले सम्झौता नपढी त्यसै बिरोध गरेको भन्ने अभिव्यक्ति दिएपछि युवाहरुले माईतिघर बाट प्रधानमन्त्रीलाई जवाफ दिदै एमसिसी सम्झौता पढेर सुनाएका छ्न् । एमसिसि सम्झाैता विरुद्ध देश भर प्रदर्शन भैरहेकाे छ । यता काठमाडौंकाे माईतिघरमा पनि दिन दिनै स्वतन्त्र यूवा समूह तथा राजनितिक दलका भातृसंगठन ले अान्दोलनगर्दै अाईरहेका छन् भने सामाजिक संजालमा पनि एमसिसिकाे बिराेध हुँदै अाएकाे छ । अाज पनि विभिन्न यूवा समुहले सम्झौता पत्र पढेर सुनाएका थिए भने एमसिसी खारेजीको माग गर्दै नारा लगाएका थिए ।

तस्वीरमा हेर्नुहोस्

You May Also Like