सरकार द्धारा यस वर्ष एसइइ परिक्षा नलिने निर्णय । विद्यालयको आन्तरिक मुल्यांकन बाटै नतिजा ।

काठमाडौं । सरकारले विश्वभर माहामारिको रुपमा फैलिएको कोरोना भाइरस द्धारा सिर्जित परिस्थितिका कारण यसवर्षको एसईई परीक्षा सञ्चालन नलिने निर्णय गरेकोछ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कन बाटै एसईई नतिजा निकाल्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्नेगरी कानूनमा संशोधन गर्ने । विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र त्यसको आधारमा ग्रेड निर्धारण गरी नजिजा सार्वजनिकगर्ने वताएको छ ।
गत चैत ६ गते नै हुनुपर्ने एसइई (कक्षा १०) परीक्षा कोरोना जोखिमका कारणले चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अनिश्चित कालका लागी स्थगित गरेको थियो । 

 एसइईका प्रश्नपत्र परीक्षा केन्द्रनजिकको प्रहरी चौकीमा पुगिसकेका थिए । कोरोनाको जोखिम बढेपछि एक दिनअघि परीक्षा स्थगित गरिएको थियो । एसइईमा एक हजार नौ सय ९५ केन्द्र र चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् ।
 

You May Also Like