हवाई उडान जेठ १८ सम्म बन्द हुने

काठमाडौँ — विश्वभरी माहाँमारीको रुपमा फैलिएको कोरोना नियन्त्रको लागी आज बसेको मन्त्रि परिषदको बैठकले लगाडाउनको समय जेठ ५ गते वढाए संगै राष्ट्रीय तथा अराष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धको समयलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ ।

यसअघि हवाई उडानकालागी प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । दुर्गम जिल्लामा अत्याआवश्यक खाद्ययन तथा औषधि जन्य सामाग्री ढुवानि भने गर्न दिईने छ ।

साथै अन्तर्राष्ट्रीय सीमा नाकालाई पनि कडाईका साथ जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

You May Also Like