हुम्लाकाे एउटा गाउँमा अनुमतिविना प्रवेश गरे ३० हजार जरिवाना

हुम्लाकाे चंखेली गाउँपालिका– ६ नम्बर वडा कार्यालयले अनुमतिविना गाउँ प्रवेश गर्नेलाई ३० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेकाे छ।

गाउँमा कोरोना भाइरस संक्रमण फैलिन नदिन यस्तो निर्णय गरिएको चंखेली– ६ का वडाध्यक्ष भैरव तामाङले जानकारी दिए । बाहिरबाट आएकालाई गाउँ प्रवेश गर्न नदिन दैनिक गाउँको मूल गौँडामा पालो लगाएर पहरा दिने गरिएको छ।

लकडाउनको अवधिभर आ–आफ्नो घरमा दूरी कायम गरी सुरक्षित रूपमा बस्नसमेत स्थानीयलाई अनुरोध गरिएको वडाध्यक्ष तामाङले बताए।

You May Also Like