परिवर्तन र एकताविरोधी कुनै पनि कुरा मान्य हुँदैनः जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले परिवर्तन र एकताविरोधी कुनै पनि कुरा मान्य नहुने बताएका छन् । सरकारले सोमबार ल्याएको दुई अध्यादेश’bout रातोपाटीसँग संक्षिप्त कुरा गर्दै पूर्वगृहमन्त्री समेत रहेका शर्माले परिवर्तन र एकताविरोधी कुनैपनि कुरा स्वीकार्य हुन नसक्ने बताएका हुन् । 

उनले जस्तोसुकै परिस्थितिमा पनि राष्ट्र बचाउने जिम्मेवारी दल र तिनका नेताहरुको भएको भन्दै मुलुक बचाउन, परिवर्तनलाई संस्थागत गर्न र एकतालाई सुदृढ गर्नुको विकल्प नभएको पनि बताए ।

‘राष्ट्र बचाउन र परिवर्तनलाई संस्थागत गर्न एकतालाई सुदृढ गर्नैपर्छ’, शर्माको भनाइ छ । त्यस्तै उनले लोकतन्त्रको मूल्य र मान्यता विपरितका निर्णयहरुले कसैलाई पनि हित नगर्ने चेतावनी दिएका छन् । उनले भने,‘लोकतनत्रको मूल्य, मान्यता विपरितका निर्णयहरुले कसैलाई पनि हित गर्दैन ।’

त्यस्तै उनले विश्वव्यापी रुपमा फैलिएको कोरोनाविरुद्ध लड्नु नै अहिलेको मुख्य विषय भएकाले अन्य कुरालाई मुख्य विषय नबनाउन सवै राजनीतिक दल र सरकारलाई आग्रह गरेका छन् ।

सरकारले सोमबार संवैधानिक परिषद र राजनैतिक दल सम्बन्त्री दुई अध्यादेश संशोधन गर्दै जारी गरेको थियो । जसको सत्तारुढ दल नेकपाभित्र र बाहिर समेत विरोध भइरहेको छ । अध्यादेश राष्ट्रको हितअनुकुल नभएको भन्दै फिर्ता गर्न माग हुँदै आएको छ ।

You May Also Like