पूर्व सभामुख महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

 

सभामुख कृष्णबहादुर महरालाई थुनामा राख्न काठमाडौं जिल्ला अदालतले दिएको आदेश उच्च अदालत पाटनले सदर गरेको छ । 

संसदमा कापूर्व र्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास आरोपमा महरालाई जिल्ला अदालतले थुनछेकको लागि थुनामा राख्ने आदेश दिएको थियो । 

जिल्ला अदालतको आदेश उपर पुनरावेदन गएका महराको निवेदनमा सुनवाई गर्दै बिहीबार उच्च अदालतले थुनामा राख्ने आदेश सदर गरेको हो ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेक नारायण कुँवरको इजलासले सुरु अदालतको आदेश सदर गरेको उच्च अदालतका सूचना अधिकारी मोहन सुवेदीले बताए ।

 

 

 

You May Also Like