८ कक्षा फेल, २३ वर्षे करोडपति १ कसरी बने ?

एजेन्सी। झट्ट सुन्दा पत्यारै नलाग्ने । तर, भारतको सहर लुधियानाका त्रिसनिस अरोडाको यो कथा वास्तविकता हो । नपत्याएर सुखै छैन । अरोडा भारतका सबैभन्दा कान्छा सिइओमध्ये एक हुन् । केही अघि फोब्र्स पत्रिकाले सार्वजनिक गरेको ‘एसिया थर्टी अन्डर थर्टी’मा आफ्नो स्थान सुरक्षित गरेका अरोडा अहिले २३ वर्षका भए ।

 

उनले २१ वर्षको उमेरमा नै आफ्नो कम्पनी खोलेका थिए । कान्छा सिइओहरुको सूचीमा आफ्नो नाम आओस् भनेर नै उनको यो कम्पनीको सुरुवात गरेका थिए। अर्को अचम्मको कुरा के हो भने उनी औपचारिक शिक्षामा पनि सफल छैनन् । उनी आठ कक्षामा फेल हुँदा घरमा निकै गाली खाएका थिए । आठ कक्षा फेल भएपछि उनलाई घरमा सोधिएको थियो– किन रु

उनले आफूलाई पढ्न मनै नभएको जवाफ दिए । त्यसो त उनी दिनभर स्कुलमा होइन, आफ्नै कम्प्युटरमा समय खर्चन्थे । त्यसैले पनि उनले औपचारिक शिक्षामा ध्यान दिएनन् । बरु कम्पनी खोले– टिएसी सेकयुरिटी । यो साइबर सेक्युरिटी कम्पनी हो । र, अहिले यसले करोडौं कमाइरहेको छ । लुधियानाको एक सामन्य परिवारका त्रिसनिस भारतका प्रसिद्ध इथिकल ह्याकरमध्ये एक हुन् ।

आठ कक्षामा फेल भए पनि उनले पछि १२ कक्षाको भने अध्ययन गरे । कम्प्युटर पढ्नमा उनी यति मग्न भएका थिए कि उनले आठ कक्षामा स्कुल जानै भ्याएनन् । तर, उनले कम्प्युटर’bout नयाँ जानकारी सम्हालेर राख्न थाले ।

तीनलाई विशेष महत्व दिन थाले । उनकी आमा र बुबालाई यो कुरा मन परेको थिएन । सुरुसुरुमा उनको यो कुरा सुनेर सबै हास्थे । तर, उनले हिम्मत जारी राखे । तर, अब समय कस्तो आएको छ भने भारतका ठूला कम्पनी रिलायन्स, सिबिआई, पन्जाब प्रहरी, गुजरात प्रहरी, अमूललगायतले उनीसँग काम गरिरहेका छन् । अहिले दुबई र बेलायतबाट पनि उनी काम पाइरहेका छन् ।

You May Also Like