पन्छीको पिठ्यूमा यस्तो सं’कास्पद बस्तु भेटिएपछि…

एजेन्सी। भारतको एउटा गाउँमा सं’कास्पद पन्छी ब’रामद गरिएको छ।

 

त्यो पन्छीको पखेडाको माथि पिठ्यूमा क्यामेरा भेटिएपछि स्थानीय प्रहरी र वन विभागका अधिकारीहरू अनुसन्धानमा जुटेका छन्। यो घ’टना, बिहार राज्यको शिवहर जिल्लाको हो।

प्रहरी अधिकारीले पत्रकारलाई भनेका छन्, ‘ब’रामद गरिएको पन्छी बाजझैँ उडिरहेको थियो। चिकनौटा गाउँमा यस पन्छीलाई देखेर अन्य पन्छी कराइरहेका थिए। त्यतिखेर स्थानीयले थाहा पाए।’

पन्छी भूइँमा आएपछि उसको शरीरममा सं’कास्पद बस्तु देखियो। र, स्थानीयले उक्त पन्छीलाई समातेर प्रहरीलाई बुझाए। नगर था’नाका प्रभारी सुदामा रायका अनुसार सं’कास्पद पन्छीको पिठ्यूमा क्यामेरा बाँधेको थियो।

You May Also Like