तीन दिनसम्मको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौँ, मङ्सिर २७ गते । पश्चिमी निम्न चापिय प्रणाली सक्रिय बनेसँगै त्यसको असर हिमाल,पहाड र तराइ क्षेत्रमा देखिएको छ । हिमाली क्षेत्रमा बाक्लो हिमपात, पहाडी क्षेत्रमा हल्का हिमपातसँगैको बर्षा हुने र तराइ क्षेत्रमा शितलहर हुने संम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशको पश्चिम क्षेत्रमा हावाहुरी आउने सम्भावना रहेको विभागले जनाएको छ । देशको पश्चिमी भू–भागमा सामान्य देखि पूर्ण बदली साथै मध्य तथा पुर्वी भू–भागमा सामान्य बदली रही पश्चिमका थोरै स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिनभर देशको विभिन्न भागहरुमा बर्षा, हिमपात हुने सम्भावना रहेको छ । 

के हुँदैछ शुक्रबार, शनिबार र आइतबार

मङ्सिर २७ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमी भू–भागका केही स्थानमा हावा हुरी आउने पनि संभावना रहेको छ ।

राती : देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ । पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेको छ।

मङ्सिर २८ गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

मङ्सिर २९ गते (आइतबार)
दिउँसो : देशको पश्चिमी भु–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भू–भागमा हल्का वर्षा हुने संभावना छ । हिमाली भू–भागमाहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।
राती : देशको पश्चिमी पहाडी आंशिक देखि सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ । हिमाली भू(भागहरुमा हल्का हिमपात हुने संभावना छ ।

२४ घण्टाका लागि चेतावनी तथा परामर्श
पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेकाले विशेष गरी पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ ।

स्रोत : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

You May Also Like