टानको सदस्यमा कर्णालीका यूवा पर्यटन व्यवसायी प्रेम बहादुर लामाको उम्मेद्धारी ।


यही भदौ २० मा सम्पन्न हुने ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सि एशोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा कर्णालीका यूवा पर्यटन व्यवसायि प्रेम बहादुर लामाले सदस्य पदमा उम्मेद्धारी दिएका छन् । लामाले कर्णाली र पश्चिम नेपालमा लुकेर रहेका पर्यटकिय गन्तव्यहरुको पहिचान गरि विश्वमा चिनाउन् उम्मेद्धारी दिएको बताएका छन् ।

लामाले टानलाई पश्चिम नेपालमा रहेका पर्यटकिय क्हरुको पहिचान गरी प्रर्वद्धन गर्न र कर्णाली प्रदेश र शुदुरपश्चिमप्रदेशमा टानको संगठन विस्तारका साथै दुवै प्रदेशका गन्तव्यहरुलाई विश्वमा चिनाउन र कठमाण्डौमा रहेका पर्यटन व्यवसायीहरुलाई पश्चिम नेपालमा जोड्न आफुले उम्मेद्धारी दिएको वताए । लामाले पश्चिम क्षेत्रको प्रतिनिधित्व गरेको भन्दै टानलाई समावेसी बनाउनका लागी सम्पूण टानका मतदाताहरुलाई आफ्नो अमुल्य मत दिएर विजयी गराईदिनहुन समेत अनुरोध गरेका छन् ।

कर्णाली प्रदेश, हुम्ला जिल्लाको सिमिकोट गाउँपालिकामा जन्मिएका लामा सरकारी स्कुलमा पढेर पर्यटन व्यवसायमा लागेका हुन । कर्णालीका यूवा पर्यटन व्यवसायी लामा तिब्बत होलिडेका प्रवन्ध निर्देशक तथा कर्णाली पर्यटन उद्दमि समाजका सह कोषध्यक्ष समेत रहेका छन् ।

You May Also Like