धर्तिको स्वर्ग रारा हिउले सेताम्मे फोटो फिचर

मुगु जिल्ला, छायाँनाथ रारा नगरपालिका मा अवस्थित रारा अनुपम प्राकृतिक उपहार हो । चारै तिर मनमोहक हिमाल र वरिपरी हरियो वन जंगलले घेरीएको रारा यति बेला हिउँले सेताम्य छ ।


मुर्माटप वाट देखिने राराको दृश्य

रारा समुन्द्रि सतहबाट २९९० मिटर उचाईमा रहेको छ । ५ कि.मि. लम्वाई, ३ कि.मि. चौडाई, १६७ मिटर गहिराई र १०.८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको रारा नेपालको सबैभन्दा ठूलो ताल हो । सन् २००७ मा विश्व रामसार सुचिमा सुचिकृत भएको रारा यतिवेला रारा वरिपरी आन्तरिक तथा वाह्य पर्यटकहरुले हिउँ खेल्ने र लुकामारी गर्ने गरेका छन् भने अहिले हिउँदको समयमा राराले पर्यटकहरुलाई झनै लोभ्याउने गरेको छ ।
धर्तिको स्वर्गको उपमा पाईसकेको रारा दिनमा मौसम अनुसार रंग परिवर्तन गरिरहन्छ । रारामा पुगेका हरेक पर्यटकहरुलाई राराले लोभ्याउने गरेको छ । रारामा वाग्लो हिउँ परे संगै पर्यटकरु हिउँ खेल्न र राराको थप सुन्दरता लिन आउने गरेको रारा पर्यटन विकास समितिका अध्यक्ष तथा रारा एड्भेन्चर प्रा.लि. का प्रवन्ध निर्देशक देविकृष्ण रोकायाले वाताए । हिउँ परे संगै रारा ताल वरिपरी ढप्पक ढाकिएको छ । हिउमा चिपलेटि खेल्न सकिन्छ ।
राराको थप सुन्दरता प्रदान गर्ने रारा राष्ट्रिय निकुञ्ज पनि एक हो । जैभिक विविधताको हिसावले रारा राष्ट्रिय निकुञ्ज धेरै महत्वपूर्ण मानिन्छ ।

मुर्माटप र मुर्मा गाउँ

हिमपात पछिको मुर्मा गाउँ

रारा पुगेपछि पुग्नै पर्ने मुर्मा गाउँ रारा तालको किनारा वाट करिव ३० मिनेटको पैदल यात्रा पश्चात पुग्न सकिन्छ । रारा तालको पश्चिम तर्फ राराका स्थानियले रारा मुर्मा होमस्टे संचालन गरेका छन् । होमस्टेमा स्थानिय अर्गानिक खाना, स्थानिय कला संस्कृति का साथै पाउनहरु लाई स्वागत संस्कार र स्थानिय कोशेलिको पनि व्यवस्था गरिएको रारा मुर्मा होमस्टेका संचालक रत्नसिंह रोकायाले वताए ।

उक्त होमस्टे हुदै मुर्मा गाउँ वाट मुर्मा टप पुग्न सकिन्छ । मुर्माटप बाट राराको पुरै दृश्य अवलोकनका साथै, अपि सैपाल हिमाल, कान्जिरोवा, सिस्ने, छायानाथ, कोईकि हिमाल र तिब्वत लगाएत अन्य बाजुरा, हुम्ला, जुम्ला, कालिकोट, लगाएतका जिल्लाहरुको अवलोकन गर्न सकिन्छ ।

You May Also Like