रारा ताल प्रबेश गर्न पनि सय रुपैया शुल्क

कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने रारा तालमा पनि आज देखि रारा राराष्ट्रिय निकुञ्जले आन्तरिक पर्यटक बाट रारा तालमा प्रवेश गरे वाफत प्रतिव्यक्ति एक सय रुपैया लिने गरेको रारा पर्यटन विकास समितिका अध्यक्ष तथा रारा मुर्मा होमस्टेका संचालक देबिकृष्ण रोकायाले वताए । जो जसले शुल्क लिए पनि राराको पर्यटन प्रवद्र्धन र रारा सरसफाईमा खर्चिनु पर्ने रोकाया बताउन्छन् ।

छायाँनाथ रारा नगरपालिकाले पनि दुई सय रुपैया उठाउदै आएको थियो । चौतर्फि आलोचना भए पछि नगर पालिका पैसा उठाउन छोडेको थियो भने । अहिले नगरपालिकाले पार्किगं गरेवाफत जिपको पाँच सय र बसको एक हजार लिदै आएको रारा पर्यटन विकास समितिका कोषाध्यक्ष रत्नसिंह रोकायाले वताए ।

You May Also Like