हिमालकी रानि रारा घुम्ने सिजन सुरु

रारा कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने नेपालको सबै भन्दा ठुलो प्राकृतिक निर्मित ताल हो । स्वर्गकी रानीको रुपमा परिचित रारा यतिवेला आन्तरिक पर्यटकको रोजाईमा परेकोछ । कर्णाली राजमार्गको अवरुद्ध भएको थियो वर्खा सकिय लगतै दिनहु रारा जाने पर्यटक बढे संगै रारा जाने आन्तरिक तथा वाह्य पर्यटकको बुकिङ्ग पनि बढ्दै गएको रारा पर्यटन विकास समितिका अध्यक्ष तथा रारा एड्भेन्चर प्रा.लि.का प्रबन्ध निर्देशक देबिकृष्ण रोकाया बताउन्छन् । असोज देहि मंसिर सम्म रारा जाने सिजन हो यो वेला मौसम सफा हुने रारायात्रा रमणिय र आन्नद हुन्छ । साहासिक पर्यटकका लागी पुस, माग र फागुनमा पनि रारा यात्रा रमणिय हुन्छ । हिउदमा रारा वरिपरि हउिले ढपक्क ढाकेको हुन्छ हिउमा चिपलेटि खेल्न सकिन्छ ।


राराको रारा एक पटक पुग्नै पर्ने गन्तव्य हो । रारा ५ कि.मि. लम्वाई, ३ कि.मि.चौडाई र १६७ मिटर गहिराई रारा १०.८ वर्ग कि.मि.क्षेत्रफलमा फैलिएको छ । ताल वरिपरी घुम्नलाई करिव ५ घण्टा समय लाग्दछ । विश्वमै कहिकतै नपाईने र विश्वको अग्लो स्थानामा स्नो ट्राउस्ट (असला) जातका माछा पाईने ताल पनि हो । रारा आफैमा अदभुत स्वरुपमा छ । छिनछिनमा रुप र रंग बदल्नु, राराका बिशेषता हुन ।
राराताल लगायत अन्य प्राकृतिक सम्पदाको संरक्षणका लागी २०३२ साल स्थापना भएको रारा राष्ट्रिय निकुञ्ज नेपालको सबै भन्दा सानो राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज भित्र विभिन्न थरिका गुराँस तथा ऋतु अनुसारका फुल्ने सयौ थरिका फुल लगायत बनस्पतिहरु, लोपउन्मुख रेड पान्डा, काँडेभ्याकुर, हिमाली कालो भालु, घोरल,मृग, कस्तुरी, रतुवा, हिम चितुवा, चिर, डाँफे, कालिज, गृष्मयाममा साईवेरिया बाट आउने साईवेरियन चरा पनि पाइने गर्छन ।
कसरि पुग्ने रारा

काठमाण्डौबाट स्थल मार्ग र हवाई मार्ग बाट रारा पुग्न सकिन्छ । स्थलमार्ग बाट काठमाण्डौं–नेपालगञ्ज–सुर्खेत–दैलेख–कालिकोटको सदरमुकाम मान्मा–नेपालि भाषा उद्यगम स्थल सिन्जा भ्यालि हुदै रारा ताल पुग्न सकिन्छ भने काठमाण्डौ– नेपालगञ्ज नेपाल्गञ्ज बाट हवाई यात्रामा मुगुको ताल्चा विमानस्थलमा पुग्न सकिन्छ ताल्चा मिान स्थल बाट ३ घण्टाको पैदल यात्रा पश्चात रारा पुग्न सकिन्छ । जिपमा गए ताल्चा एअरर्पोट वाट २ घण्टाको पैदल यात्रामा रारा पुगिन्छ । रारा पुग्ने वित्तिकै राराको जुन सुन्दरता छ त्यो सुन्दरता देखेर पर्यटक लठ्ठिने गरेका जुन बाटोमा भोगेका सबै कुरा विर्सिने गरेको रारा साच्चै नै स्वर्ग रहेछ हामि नेपालीले चिन्न सकेनौ विराटनगर बाट रारा घुम्न गएका सुसिल सुवेदिले बताउन्छन् । सहि सुचनाको अभावमा कतिपय रारा आउने पर्यटकहरुले दुख पाएको गुनासो गरेका छन् अव रारा आउनु भन्दा पहिले अहिले गुगलको जोवना भएकाले रारा कसरी जाने, किन जाने, रारा जानु भन्दा पहिले पुर्वतयारी कसरी गर्ने कुनकुन सामान वोकेर जाने त्यहाँको मौसम बाटो कस्तो छ होटल के कति छन् भनेर सुरुमै ट्राभल एजेन्सिहरु संग वुझेर जादा पनि हुन्छ । रारालाई नै प्रथामिकतामा राखेर रारा र पश्चिम नेपालका पर्यटकिए क्षेत्रहरुमा सहजै पु¥याउन, सहि सुचना र जानकारी दिनका लागी रारा एड्भेन्चर प्रा.लि.संचालनमा ल्याएको कर्णालीका यूवा पर्यटन व्यवसायी तथा रारा एड्भेन्चर प्रा.लि.का प्रबन्ध निर्देक देविकृष्ण रोकाया बताउन्छन् । राराको ’boutमा केहि सहि सुचना दिनु आफ्नो कर्तव्य भएकोले रारा एड्भेन्चर संग राराको सुचना मागे सहि सुचना दिने वताए । राराको ’boutमा सहि सुचना नपाउदा पर्यटकहरुले दुख पाउने गरेको रारा पर्यटन विकास समितिका कोषाध्यक्ष तथा रारा एडभेन्चर प्रा.ली.का निर्देशक रत्नसिंह रोकाया वताउन्छन् । हरेक नेपालिलाई पश्चिम नेपाल चिनाउने आफ्नो अभियान रहेको छ । अहाँले भने नेपालिले नेपाल चिन्नै पर्छ ।

रारा मुर्मा होमस्टे

कति लाग्छ त खर्च

हवाई मार्ग बाट ३ रात ४ दिनको रारामा खान, बस्न र पेलेन भाडा सहित ३५००० देखि ४२००० हजार सम्म र स्थलमार्ग बाट ६ रात ७ दिनको खान, बस्न क्याम फाएर, स्थानिय गाईड र जिप भाडा गरेर २१५०० देखि २५००० सम्म र गाडिमा १६५०० देखि २०००० खर्च लाग्ने रारा एड्भेन्चर प्रा.ली.का निर्देशक देबिकृष्ण रोकायाले बताउनु भयो ।

रारा मुर्मा होमस्टेका कोठाहरु

मुर्मा गाउँ र मुर्मा टप
मुर्मा गाउँ रारा तालबाट करिव ४५ मिनेटको दुरीमा रहेको छ । राराको सुन्दरतामा मनमोहित हुन पुग्ने हरेक पर्यटकहरुले पुग्नै पर्ने गाउँको पहिचान बनाएको छ । ग्रामीण पर्यटनमा तीन नयाँ गन्तव्य गाउँ विश्व पर्यटन दिवसको अवसरमा मुर्मागाउँलाई गन्तव्य गाउँको रुपमा भिटोफ नेपालले पर्यटन मन्त्रि रविन्द्र अधिकारीको उपस्थितिमा गन्तव्य गाँउ घोषणा गरिसकेको छ । मुर्माका स्थानियहरु पर्यटकहरुलाई स्वागत गर्न तयार रहेको रारा मुर्मा होमस्टेका संचालक रत्नसिंह रोकायाले वताए ।

रारा नजिकको मुर्मा गाउँ

रारा तालको किनारामा रहेको फलामे पुलवाट पश्चिम तर्फ खोलाको तिरतिरै १० मिनेटको पैदल यात्रामा रारा मुर्मा होमस्टे पुग्न सकिन्छ । उक्त होमस्टे मुर्माका स्थानियले संचालन गरेका छन् । उक्त होमस्टेमा मुर्मा गाउका स्थानिय द्धारा उत्पादित फापर, जौ, गौ, आलु, सिमी, कोदो, सिस्नु, लोक्कल चामल, लोक्कल कुखुरा, स्याउको रक्सि, स्याउका चाना र मह बाट बनेका विभिन्न परिकार स्वाद लिन पाइने रारा पर्यटन विकास समितिका अध्यक्ष एवं रारा एडभेन्चर प्रा.ली.का प्रबन्ध निर्देशक देबिकृष्ण रोकायाले वताए । उक्त होस्टेमा स्थानिय द्धारा उत्पादित अर्गानिक सामान पनि किन्न पाईन्छ । आन्तरिक तथा वाह्य पर्यटकका लागी रारा घुमाउन रारा एड्भेन्चर प्रा.लि. र लज ब्यवस्थापन समुहबाट रारा ताल र निकुञ्ज क्षेत्रमा घोडचढी, साईकिलिंग, डुंगा सयर र स्थानिय गाईडको ब्यवस्थापन मिलाउदै आईएको रारा पर्यटन विकास समितिका कोषाध्यक्ष तथा होमस्टे व्यवस्थापक व्यवस्थापक रत्न सिंह रोकाया बताउन्छन् । हरेक जसो पर्यटक रारामा पुगी सेल्फि खिचेर फेसवुकमा फोटो अवलोट गरे पुग्यो भन्ने आउने गरेका छन् वास्तवमा राराको वारेमा विस्तृत जानकारी लिने नगरेको रोकाया वताउन्छन् ।

रारा पुगेपछि पुग्नै पर्ने महत्वपूर्ण पर्यटकिय गन्तव्य मुर्मा टप पनि एक हो । तालको पश्चिम तर्फ रहेको मुर्मा टप पुग्न करिव तालबाट २ घण्टाको पैदल यात्रा गर्नुपर्छ । मुर्माटप पुग्न मुगुको रैथाने परिवेश भएको एकमात्र गाउँ मुर्मा गाउ भएर जानुपर्छ । मुर्मा टप समुद्रि सतह बाट ३७७० मिटर उचाईमा अवस्थित छ । यहा बाट रारा तालको पुरै मनोमहक दृश्यका साथै हुम्ला, बझाङ र हुम्ला जिल्लाको बिचमा पर्ने साईपाल हिमाल, दार्चुलामा पर्ने अपि हिमाल, रुकुममा पर्ने सिस्ने हिमाल, जुम्लामा पर्ने कान्जिरोवा हिमाल, मुगु जिल्लामा पर्ने कोईकि हिमाल, चंखेलि हिमाल छायानाथ, खेस्मामालिका र ऋणमोक्ष दह देख्न सकिन्छ । बाजुरा जिल्लामा अवस्थि बडिमालिका, खप्तड को केहि क्षेत्रकासाथै तिब्बतको केहि भू—भागका दृश्य अवलोकन गर्न सकिन्छ ।

कर्णाली रारा पर्यटन भ्रमण वर्ष कर्णाली प्रदेश सरकारले बैशाख १ गते धुमधामका साथ मनाई सकेकोछ । उक्त पर्यटन भ्रमण वर्षको पर्यटक आफै भएको प्रधान मन्त्रि केपि शर्मा वलिले रारा बाट देशवासिको नाममा सम्वोधन गर्दा बताएका थिए । प्रदेश सरकारले यो वर्ष ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
थपजानकारिका लागी : Rara Adventure Pvt. Ltd  9851168993 / 014700410

Email : [email protected]

You May Also Like