राजमार्गको कारण विद्यालयको खेल मैदान समस्यामा


जाजरकोट जिल्ला छेडागाड नगरपालिका ११ साबिकको झाप्रा गा.बि.स. वडा नं. १ स्थित जनता आधारभुत विद्यालयको खेल मैदानमा मध्यपहाडी लोकमार्ग ट्रयाक खुले सँगै मैदानको निर्माण कार्यमा ढिलाई हुदा विद्यार्थीहरुलाई खेल खेल्न र लाइन लागाउन समस्या आएको र त्यसको निर्माण तर्फ कुनैपनि स्थानीय तह, सरकारी निकाय तथा संघ संस्थाको ध्यान नगएको शिक्षक चन्द्र बहादुर थापाले जानकारी दिनुभएको छ । गत आ.ब २०७०÷०७१ मा ट्रयाक खुलेपछि तत्कालै तार जाली लगाएर मैदानको निर्माण गरिनुपर्ने कार्यमा करिब पाँच बर्ष बितिसक्दापनि अहिले सम्म निर्माण नभएको र आधामात्र जाली भरेर बाँकी रहेको मैदानपनि फेरि खनेर पुर्ने काम गरेकोले झन समस्या रहेको र अन्तै बाट ढुङगा माटो मिसावट गरि ल्याएर पुर्न सल्लाह दिदा मध्यपहाडी लोकमार्ग जिम्मा लिएको ठेक्केदारले बेवास्ता गरेको स्थानीय मुन बहादुर थापाले जानकारी दिनुभएको छ ।

You May Also Like