भिटोफ नेपालको कार्य समितिले पुर्णता पायो ।

गाउँ पर्यटन प्रर्वद्धन मञ्च नेपाल (भिटोफ नेपाल) ले कार्य समितिलाई पुर्णता दिएको छ । भिटोफ नेपालको विधान अनुसार प्रमुख सल्लाहकारमा ठमेल परिसदका पूर्व अध्यक्ष तथा राष्ट्रिय उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य रामसरन थपलिया र सल्लाहकारमा नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक दिपक राज जोशी, टानका पुर्व उपाध्यक्ष बच्चुनाराण श्रेष्ठ, नाट्टाका पुर्व अध्यक्ष डि.बि. लिम्वु, पर्यटन व्यवसार्य एवं पर्यटन विज्ञ रविजङ्ग पाण्डे, तिलक लामा, लेखनाथ भण्डारी र मिडिया सदभावना दुतमा पत्रकार महाँसंघका केन्द्रिय सचिव लक्ष्मी पुनलाई नियुक्त गरेको छ ।

कार्य समिति सदस्यमा भिटोफ नेपाल गण्डगि प्रदेशका अध्यक्ष रविन्द्र राज पौडेल, पर्यटन व्यवसायी ईश्वर वोगटी र हरिकृष्ण देबकोटालाई मनोनित गरेको छ । भिटोफ नेपालले साउन १५ गते नयाँ नेर्तित्व चएन गरेको थियो ।

भिटोफ नेपालका अध्यक्ष धुर्व सिमखडाले प्रमुख सल्लाहकार, सल्लाहकार र मनोनित सदस्यलाई भिटोफ नेपालमा स्वागत गदै अब भिटोफ नेपाल पूण रुपले सक्षम जुझारु भएको वाताउनु भयो । नेपालको पर्यटन गाउँ संग जोडिएकाले अव भिटोफलाई साच्चै गाउँमय बनाउन २ वर्षे कार्यकालमा सबैको सल्लाह अनुसार अगाडी बढ्ने बताउनु भयो ।

You May Also Like