भिटोफ नेपालको कार्यसमिति सदस्यमा कर्णालीका यूवा पर्यटन व्यवसायी देबिकृष्ण रोकाया बिजयी


गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको साउन १५ गते भएको साधारण सभाले नयाँ नेतृत्व चएन गरेको छ । कर्णालीका यूवा पर्यटन व्यवसायि देबिकृष्ण रोकायाले कुल ५३९ मतमा २७८ मत प्राप्त गरि गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको कार्यसमिति सदस्यमा विजयी भएका छन् । रोकाया वासुदेव पाण्डे प्यानलबाट सदस्य पदमा उम्मेद्धारी दिएका थिए । रोकायाले निर्वाचनमा सहयोग गर्ने आफ्नो अमुल्य मत दिई विजयी गराउनु हुने सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गरेका छन् ।

रोकायाले यो निर्वाचित कार्यसमितिले आफुलाई पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । कर्णाली र पश्चिम नेपालका पर्यटकिय गन्तव्य चिनाउका साथै पश्मिका गाउँहरुलाई होमस्टे र अर्गानिक जोनका रुपमा विकास गर्न प्रदेश सरकार र स्थानिय तह संग सम्वन्य गरि अगाडी बढ्ने वताएका छन् । देश तथा विदेमा रहेका पर्यटन व्यवसायिलाई पश्चिम नेपालको प्रोडक्ट वेचिदिन अनुरोध समेत गरेका छन् । भिटोफ नेपालले तिन ओटै सरकार संग सम्वन्य गरेर एक प्रदेश एक नमुना गाउँ बनाउन पहल गर्नुका साथै नेपालमा रहेका गाउँहरुलाई विश्व जगतमा चिनाउनु पर्ने बताएका छन् । कर्णाली प्रदेश र ७ नं. प्रदेशमा भिटोफ नेपालको शाखा विस्तार सहित संगठन निर्माण गर्न आफु लागि पर्ने पनि वताए ।


कर्णाली प्रदेश, मुगु जिल्लाको रारामा जन्मिएका रोकाया विगत लामो समय देखि कर्णाली र पश्चिम क्षेत्रको पर्यटन विकासमा लागिपरेका एक जुझारु पर्यटन अभियान्ता हुन् । रोकाया रारा बचाऊ अभियानका अभियाता, रारा पर्यटन विकास समितिका अध्यक्ष, रारा एडभेन्चर प्रा.लि. का प्रवन्ध निर्देशक, रारा मुर्मा होमस्टेका संचालकका साथै नेपाल पर्यटन व्यवसायी संगठनको कर्णाली प्रदेश संयोजक समेत रहेका छन् । रोकाया सबै भन्दा कान्छा उम्मेद्धारी थिए ।

You May Also Like