जन्मजातकाे एउटा मृगौला त्याे पनि फेल भएपछि

 

बैतडी दोगडाकेदार–२ कफलकोटका २७ वर्षीय जयबहादुर महरा एकवर्षदेखि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत् छन् । एक वर्ष अघि वैदेशिक रोजगारका लागि दुबई पुगेका महरा स्वास्थ्यमा समस्या देखिएपछि नेपाल फर्किएका थिए ।

सरकारले मृगौलाका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेपनि यो उपचार सर्वसाधारणका लागि उत्तिकै महंगो सावित भएको छ ।
बैतडी दोगडाकेदार–२ कफलकोटका २७ वर्षीय जयबहादुर महरा एक वर्षदेखि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत् छन् । एक वर्ष अघि वैदेशिक रोजगारका लागि दुबई पुगेका महरा स्वास्थ्यमा समस्या देखिएपछि नेपाल फर्किएका थिए ।

कमाउने भएको परिवारको जेठो छोरा एक वर्षदेखि बिस्तारा परे पछि महरा परिवारमा बिचल्ली छाएको छ । छोराको उपचारका लागि भएको सम्पति बेचेर महरा परिवार काठमाडौंमा डेरा लिएर बसेका छन् ।

अहिले जन्मजात एउटा मृगौला लिएर जन्मिएका जयबहादुरको स्वास्थ्य झन, झन कमजोर हुँदै गएको छ । शरिरमा सेता रक्तकोषको मात्रा कम भएपछि सरेको पहिलो र दोस्रो अपरेसन ९मृगौला प्रत्यारोपण को मिति, तेस्रो पटक उनलाई टिबीको संक्रमण भएपछि स¥यो । अहिले उनले हप्तामा तीन पटक डाइलेसिस गर्दै टिबीको औषधी लिइरहेका छन् ।

छोरोलाई मृगौला दिन ६ महिनादेखि कुरेर बसेका बुवा भुरे महराले छोरोको अनुहार हेर्दै आँखा रसिला बनाए । उनले भने, ‘अब छोरो कमाउने भयो, सुखका दिन आए भनेको त यस्तो देख्नु प(यो । छोरालाई किड्नी दिएर यसले नयाँ जीवन पाएको दिन चैनको सास फेर्ने थिएँ ।’

दाजुको उपचारका लागि काठमाडौं बस्न परेपछि धनबहादुरले आफ्नो एसईई परीक्षा छोड्नु प¥यो । उनले भने, ‘पोहोर परीक्षाका बेला दाजु बिरामी पर्नु भयो, धनगढीको सेती अञ्चल अस्पतालले काठमाडौं रिफर ग¥यो । दाजुको स्वास्थ्यभन्दा ठूलो परीक्षा ठानिन । यो पटक परीक्षा दिने सोच बनाएको थिएँ, उहाँको स्वास्थ्य झन कमजोर हुँदै गयो, छोडेर जान सकिन ।’

छोराको उपचारका लागि अहिलेसम्म ११ लाख खर्च भएको भुरे महराले बताए । ‘यस्ता बिरामीको उपचार गर्न पैसा लाग्दैन, सरकारले दिन्छ भन्थे । भएको खेतबारी बेच्दा पनि छोराको अवस्था उस्तै छ ।’आर्थिक अवस्था कमजोर भएका महाराले छोराको थप उपचारका लागि सबैसँग सहयोगको अपिल गरेका छन् । ‘छोरो त यस्तो भयो भयो, घरमा कलिली बुहारी र एक वर्षीय नाति छ । उनीहरुको मुख हेरेर पनि छोरालाई छिट्टो निको पार्नु छ हजुर । अब मसँग हात फैलाउनुबाहेक अरु उपाय छैन । छोरोछोरीको पीडाभन्दा ठूलो अरु केही नहुने रैछ ।’ उनले भने ।

बैतडी–काठमाडौं संघीय जनसम्पर्क मञ्चले जयबहादुरको उपचारका लागि आर्थिक सहयोग जुटाउन सुरु गरेको छ । मञ्चले आर्थिक सहयोगका लागि अखण्ड स्वास्थ्य कोष खडा गरेको छ ।

मञ्चले जयबहादुरको उपचारका लागि सुकेधारामा रहेको ग्लोबल आईएमी बैंकको खाता नम्बर ९१०७०१०००३१४० मा सक्दो सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । थप जानकारीका लागि उनको सम्पर्क नम्बर ९८६६९९९९२४ तथा ९८५११७८०६६ सम्पर्क गर्न सक्नु हुनेछ ।

You May Also Like