रारामा कुक तथा आतिथ्यता तालिम संचालन


कर्णाली प्रदेशमा रहेको प्रमुख पर्यटकिय गन्तव्य रारामा सात दिने कुक तथा आतिथ्यता तालिम संचालन भएको छ । नेपाल पर्यटन वोर्डको सहयोग र रारा पर्यटन विकास समितिको आयोजनामा तालिम संचालन गरिएको हो । उक्त तालिममा रारा वरिपरीका होटल व्यवसायी र स्थानिय यूवा यूवतिको सक्रियता पूर्वक सहभागिता रहेको थियो । रारामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई स्थानिय परिकारको स्वाद चकाउनुका साथै यहाँ रहेका स्थानियहरुलाई आत्मनिर्भर वनाउने र राराको पर्यन विकासमा टेवा पुग्ने हिसावले जनशक्ति तयार गर्न लागिएको रारा पर्यटन विकास समितिका अध्यक्ष एवं कर्णालीका यूवा पर्यटन अभियानता देबिकृष्ण रोकायाले वताए । रारा पर्यटन विकास समितिले यस अघिका कार्यक्रमलाई निरन्तरता दिदै नेपाल पर्यटन वोर्ड संग सहकार्य गरेर कार्यक्रम गरिएको आगामि दिनमा पनि यस्ता कार्यक्रम गरिने वताईएको छ ।

२०७५ लाई प्रदेश सरकारले कर्णाली रारा पर्यटन भ्रमण वर्ष मनाई सकेको छ । उक्त पर्यटन भ्रमण वर्षमा रारा बाट प्रधानमन्त्रि के.पि. शर्मा वलिले देशवासिको नाममा सम्वोधन गर्नु भएको थियो । रोकाया भन्छन् प्रदेश सरकारले कर्णाली रारा पर्यटन भमण वर्षलाई सफल वनाउन आवश्य पूर्वाधार र दक्ष जनशक्ति तयार गर्नु पर्ने वताउनु भयो । उहाँले यस प्रदेश भित्रका प्राकृतिक, साँस्कृर्तिक, ऐतिहाँसिक, धार्मिक स्थलहरुको पहिचान गरि गुरुयोजना तयार गरेर आवश्यक पूर्वाधार तयारका गर्नु पर्ने वताए ।

उक्त कार्यक्रमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले तालिममा सहभागीहरुलाई सिकेको सिप व्यवहारमा लागु गर्न पर्यटकहरुलाई रारामा थप वस्ने वातावरण सिर्जना गर्नु पर्ने वताउनु भयो ।

You May Also Like