रारा सरसफाई महाअभियान चलाईदैं

रारा, २१ चैत्र
कर्णाली–रारा भ्रमण बर्ष २०७५ लाई लक्षित गरि रारा सरसफाई महाअभियान चलाईने भएको छ । करिब १ हप्ता सम्म जारी रहने सरसफाई कार्यक्रममा रारा राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेना र स्थानिय बासिन्दाको सहभागिता रहने बताईएको छ ।

बिगतका दिनमा पनि प्रत्येक महिनाको दोस्रो शनिबार रारा सरसफाई गर्दै आएको रारा बचाउ अभियानका संयोजक देबिकृष्ण रोकायाले बताए । यो पटक पुरै हप्ता सरसफाई गरिने रोकायाको भनाई छ । आउदो बैशाख १ गते कर्णाली–रारा भ्रमण बर्षको समुदघाटन कार्यक्रमलाई लक्षित गरि ३ दिन अघि देखि र ४ दिन पछि सम्म सरसफाई कार्यक्रम जारी रहनेछ ।

भ्रमण बर्ष शुभारम्भका दौरान धेरै पाहुना रारामा पुग्ने र फोहोर मैला बढने भएका कारण १ हप्ताको सरसफाई कार्यक्रम राखिएको रारा क्षेत्र पर्यटन बिकास समितिले जानकारी दिएको छ । सरसफाई कार्यक्रम र रारा बचाउ अभियान आउदा दिनमा पनि निरन्तर रहने अभियन्ता रोकायाको भनाई छ  ।

You May Also Like