यसकारण रारा बचाउ अभियानको जरुरत

लेखक: देबिकृष्ण रोकाया

पश्चिमको अफगानिस्तान देखि पूर्वको म्यानमारसम्मको समग्र हिमालय क्षेत्रमा अवस्थित तालहरुको तुलनामा सबैभन्दा सुन्दर मानिएको रारामा पुगेका एक चिनियाँ पर्यटकले भनेका थिए “मानसरोवर सँधै ठूलो र राम्रो लाग्थ्यो तर राराको तुलनामा मानसरोवर हरेक हिसाबमा तल रहेछ ।”२०२० सालमा राजा महेन्द्र रारा पुग्दा राराको सुन्दरताप्रति लोभिदै रारा कि अप्सरा शिर्षकको कविता समेत रचना गरेका थिए । सोहि बर्ष जिल्ला पञ्चायतको बैठकले रारालाई महेन्द्र तालको नामाकरण समेत गरिएको थियो ।

मुगु जिल्ला, रारा गा.वि.स.मा अवस्थित अनुपम प्राकृतिक उपहार रारा समुन्द्रि सतहबाट २९९० मिटर उचाईमा रहेको छ ।५ कि.मि. लम्वाई, ३ कि.मि. चौडाई, १६७ मिटर गहिराई र १०.८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको रारा नेपालको सबैभन्दा ठूलो ताल हो ।

सन् २००७ मा विश्व रामसार सुचिमा सुचिकृत भएको राराताल आज नेपालको बहुमूल्य पुजिँको रुपमा रहेको छ । राज्यको सौतेनी ब्यवहारका रुपमा थन्क्याएको कर्णाली क्षेत्रमा अब्यस्थीत राराको बेग्लै पहिचान छ । रारा नेपालको अकाटीय पुँजी हो । राराको गहिराहीले नेपालको छाती बिश्वमा चौडा बनाएको छ । तर स्वर्गकी परीको तक्मा पाइसकेको रारालाई यतिबेला दुनियाँले बिभिन्न आँखाले हेरीरहेका छन । कसैले मनको उदगारको रुपमा त कसैले मनोरन्जनका रुपमा हेरिरहेका र बुझीरहेका परिबेशमा निश्चल राराको नाममा केहि राज्यका उच्चपदस्थ भनाउदाहरु कमाइखाने भाँडो बनाउन खोज्दै छन ।

राराको अस्तित्वलाई समुल नस्ट पारेर कसैले पनि ब्यक्तिगत रुपमा कमाइ खाने भाँडो बनाउने कुचेष्टा गर्यो भने त्यो मुलुकै आत्मघाती कदम हुनेछ । कर्णालीका फोटा बेचेर खान पल्केका एनजियो आइएनजियोहरुले राराको बाटो धेरै ओहरदोहर गरे । तर उनिहरुले कहिल्यै राराको संरक्षणमा ध्यान दिएनन् । भने कर्णालीको पर्यटन बिकास गर्ने ठेक्का लिएको कणार्ली क्षेत्र पर्यटन पर्बद्धन समिति आफना कार्यकर्ता र कर्मचारीहरु पाल्न ब्यस्त छ ।समग्र कर्णाली तथा राराका पर्यटकीय क्षेत्रहरुको नाम जप्दै धेरै राजनीतिक दलका नेताहरु मन्त्री भए । तर उनिहरुले कहिल्यै कर्णालीर रारालाई न्याय दिन सकेनन । राराको बुई चडेर सत्तामा पुगेका नेता तथा मन्त्रीहरुले राराको विनाको मुल्य कहिल्यै बुझेनन् । २०.सालमा राजा महेन्द्र बंदेलको सिकार गर्न रारा गएका बेला राराको रुप देखेर मन्त्रमुग्धमा लठ्ठीएर रारालाई २०३२ सालमा रारा राष्ट्रिय निकुन्ज घोषण गरे २०३५ सालमा त्यहाँ रहेका ३३५ घर धुरीलाई बाँकेको चिसापानी, गावर र वानियावार उठिबास गरियो । रारा बचाउन राराबासीको योगदानलाई अबमुल्यन गदैँ बाहय मान्छेहरुलाई दिइएको राराको सेर राराबासीहरुका लागि कदापी स्वीकार्य हुनेछैन । जसरी आफ्नी आमालाई आफ्नो सन्तानको औधी माया हुन्छ त्यस्तै राराबासीलाई राराको माया त्यतीकै छ । यसमा कसैले हस्तक्षेप गरेर आफनो निजी सम्पती बनाउन खोज्नु देशकै र्दुभाग्य हुनेछ ।

राराको समग्र विकासका लागि एउटा अधिकार सम्पन्न रारा बिकास प्राधिकरण समेत गठन गरेर जान नसकेको राज्यले यतिबेला सात तारे तथा बिभिन्न होटलहरुको नाममा रारालाई कौडीको मुल्यमा बेचिदै छ ।हुनत हामी राराबासी बिकासका बाधक हैनौँ । रारामा बनाउने साततारे देखी बिभिन्न होटलहरुको बजेटले समग्र कर्णालीको विकासलाई समाल्न सक्छ । जवकी कर्णालीमा यातायात सुबिधा समेत पुर्ण नभएको बेला बिजुली बत्तिको पुर्वाधार तयार नभएको बेला साततारे तथा बिभिन्न होटल खोल्ने योजना अगाडी बडाउनु कत्तिको जायज हुन्छ?पर्यटकहरुलाई भित्रयाउने एकमात्र ताल्चा एरपोट बिश्वको खतरानाक सुचिमा परेको छ ।कर्णाली राजमार्ग मृत्युमार्गको रुपमा परिचित छ । समग्र कर्णालीको स्थीती चिन्ताजनक छ । यो स्थीतीमा आफुले कमाउन र नियमीत दुहुनु गाई बनाउन केहि उच्च पदस्थहरुले साततारे तथा बिभिन्न होटल रेष्टुँराहरुको सम्झौता गर्दैछन ।अन्य बिकासका पुर्वाधारहरु तयार नपारेर बिल्कुल होटलहरु तिर लाग्नु थप रारालाई दुर्गन्धीत र बाग्मतीको बाटोमा डोर्याउनु हो । तर परिबेशबस्तुगत स्थीतीअनुसार बिकासको बाटो खुल्नुपर्छ नै ।कसैले पनि आफनो ब्यक्तीगत हितअनुरुप रारालाई जोडनु हुँदैन । कसैको गोजी भर्न र कसैको निजी स्वार्थको लागि हुनुहुदैन । जनताको इच्छा र मनोभावना अनुसार नै बिकासको प्रणाली अपनाइनुपर्छ । जनतालाई गोल हानेर कसैले पनि मुलुकको बिकासको प्रणाली अपनाइनु त्यो आत्मरथी मात्रै हुनेछ ।

रारामा साततारे या अन्य होटलको योजना बडाइरहदाँ यहाँ बिभिन्न प्रकारका प्रश्नहरु उब्जीएका छन ।हो प्राकृतिक स्रोतको उपयोग गर्ने हो तर सयौ पुस्ता सम्म उपयोगिता रहने कि नरहने ? रारामा तत्कालीन अबस्थामा साततारे होटलको परिकल्पना कति सान्दर्भीक छ ? राराको भबिश्यको लागि होटलका प्रभाबहरु के कस्ता रहन्छन ? निकुन्ज भित्र होटल वा रेस्टुराँ राख्न उचित कि अनुचित यदि राख्नु थियो भने किन वस्ति हटाईयो त्यहाँको? होटल थप्नु भन्दा जनतालाई प्रत्यक्ष प्रभाव राख्ने गरी सरकारी बिकासे आयोजनाहरु थप्नु जायज हुनसक्छ या सक्दैन ? रारा बिकासका लागि राराका परीयोजनाहरुको उचित मुल्याँकन गर्न जरुरी छकी छैन ? सरोकार वाला स्थानिय वासि के भन्छन उनिहरुको मनोभाव के ? तर बिगतदेखी रारामा राजा, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री आए बर्तमान सम्म पाएका राराका उपलब्धीहरु के ? यस्ता थुप्रै कुरा उब्जीएका छन । यि सवालहरुलाई सम्बन्धीत निकायले बुझुन ।

रारा बचाउ अभियानको सार्थकता

प्राकृतिक सुन्दरताका सवालमा स्वर्गसंग तुलना गरिने राराको प्राकृतिकपनको सम्वद्र्धन र प्रवद्र्धन अहिलेको अहम आवश्यकता हो । रारा पुग्ने हरेकजसो स्वदेशी तथा विदेशी पर्यटकको एउटै सुझाव छ “राराको प्राकृतिक सौन्दर्य जोगाउनुपर्छ । रारालाई सँधै यत्तिकै सुन्दर राख्न सके यहाँ पुग्ने पर्यटकको संख्या निरन्तर बढ्छ ।” हुन पनि विगतका बर्षहरुको तुलनामा स्वदेशी तथा विदेशी पर्यटकको आगमन पछिल्ला बर्षहरुमा बढ्दै गएको छ ।

रारा बारबरको क्षेत्रफमा फैलिएको फेवातालको दुर्दशा देख्दा पनि माथिको भनाई र भावना व्यावहारिक देखिन्छ । एकातिर स्वदेश तथा विदेशमा राराको चर्चा बढ्दै गएको छ भने अर्कोतिर राराको प्राकृतिक सुन्दरताको अनूचित लाभ लिने उद्देश्यका साथ ठूलो चलखेल तथा विभिन्न प्रलोभनका भ्रम छर्दै रारा किनारमा काठमाण्डुका भन्दा महंगा तथा ठूला होटल खोल्न सरकारले राष्टिय निकुञ्ज तथा वन्यजन्तु ऐन संसोधन गरि निकुञ्जको कार्यविधि वनाई संकास्पद रुपमा रारामा स्टार होटल खोल्ने व्यवसायीलाई सबैखालको कर छुट दिने निर्णय समेत गरिसकेको छ । यसखालको परिघटनाबाट रारा र राराको प्राकृतिकपन मात्र होइन रारा नजिकको एकमात्र गाउँ मुर्मा पनि सिकार हुने निश्चित छ । निकुञ्जको नियम कानुन संसोधन समय सापेक्ष जनताको पक्षमा हुन जरुरी छ ।

मुगुको जिल्ला परिषद्बाट रारा राष्ट्रिय निकुञ्जको कार्यालय, निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेक, सोका गेष्टहाउस पनि तालको किनार वाट उपयुक्त स्थानमा सार्ने सर्वसम्मत निर्णय भैसकेको अवस्थामा राराभन्दा बाहिर सिमित होटल खोल्न दिने र मुर्मा लगाएत अन्यगाउँलाई होमस्टे गाउँको रुपमा विकास गर्नु हितकर र वैज्ञानिक हुने देखिन्छ । जलवायु परिवर्तन लगायत विभिन्न प्राकृतिक प्रकोपका कारण बर्षेनी रारा तालको पानीको सतह घटिरहेको छ तालका किनाराहरु बगरजस्तै देखिन थालेको सत्यलाई समेत आत्मसाथ गर्दै सरोकारवाला निकाय, राजनैतिक दलका नेता–कार्यकर्ता, व्यवसायी तथा हामी सम्पूर्ण मुगुवासी सचेत हुनु अहिलेको आवश्यकता हो । जब की एउटा राराको पर्यटन विकासले मात्रै पनि हामी कर्णालीवासि मात्रै हैन सिंगो देश सबल र समृद्ध बन्न सक्छ ।

राराको दिगो विकास तथा प्रवद्र्धन गर्दै कर्णाली राजमार्गको स्तरउन्नति गरि चाईनाको नाक्चालाग्न सम्म सडक विस्तार,रारा–सेफोक्सुन्डो, बडिमालिका, खप्तड रारा र हुम्ला हुँदै मानसरोभरसंग रारालाई जोड्न सके मुगाली मात्र होइन मध्य–सुदूर पश्चिमका हजारौं नागरिक प्रत्यक्ष रुपमै लाभान्वित हुने देखिन्छ । यसर्थ पनि राराको दिगो विकास गर्न राराको पर्यटन विकासमा अधिकार सम्पन्न भरपर्दो संयन्त्र रारा पर्यटन विकास प्राधिकरण गठन गरिनु जरुरी छ ।

राराको सवालमा सुनुवाई गर्नुपर्ने सम्पूर्ण निकाय र व्यक्तिहरुले समयमै सुनुवाई नगरेको खण्डमा भविष्यमा यो अभियानले विकराल रुप लिई दुखद अवस्था समेत सिर्जना हुनसक्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै स्वच्छ सुन्दर हाम्रो रारा, विश्वमा चिनाऔं मिली जुलि सारा भन्ने भावना आत्मसाथ गर्नु लाभदायक हुनेछ रारा मा पाँच तारे होटल होईन त्यहाँका जनतालाई होटल होमस्टे तालिम, नमुना गाउँ बनाउन पुर्वाधार विकासको आवश्यकता छ ।हरेक कानुनले जनतालाई धुरी बनाउन आबश्यक छ ।देश अहिले संघियतामा गएको छ । प्रदेमा बाम गठबन्धनको सरकार वनेको छ । अव प्रदेशको पहिलो मन्त्रि परिषद बैठक रारामा राख्ने र समग्र कर्णालीलाई अर्गानिक जोनको रुपमा विकास गर्नु आबश्यक छ । रारामा पर्यटन विश्व विद्यालय स्थापनाको लागी पहल गरिनु पर्छ ।राराका प्रदेश सरकारले के के निर्णय गर्छ यो हेर्न बाँकी छ । तर राराका लागि अधिकार सम्पन्न रारा प्राधिकरणको स्थापना गरीनुपर्छ । कणार्ली राजमार्गको स्तर उन्न्तीसंगै रारालाई चिनसंग जोडन मितेरी पुलको लागि नाक्चे लाग्न सडकको बिस्तार गरी प्रार्याप्त बजेटको ब्यबस्थापन गरीनु पर्छ ।मृत्यू मार्गको रुपमा परिचित कर्णाली राजमार्गको तत्काल स्तर उन्नति अरिनु पर्छ ।

रारालाई उपभोग गर्ने दायित्व पहिलो स्थानियको हुनु पर्छतर रारा बचाउने कर्तब्य समग्र राष्ट्रको हो । रारामा महंगो होईन सस्तो र उपयुक्त सेवा सुबिधा सहितको होटल होस जोकि सबै खाले आन्तरीक र बाहय पर्यटक बस्न सकुन । नत्र रारा कसैको निजीत्वको शिकार बाहेक अरु केहि हुनेछैन । सुन सिरानी हालेर नुनको खोजीमा भौतारीरहेका कर्णाली वासीको बाध्यतालाई प्रदेश सरकारले आशा छ । सुनको माला लगाउने छ ।।

लेखक रोकाया रारा पर्यटन बिकास समितका अध्यक्ष तथा रारा बचाउ अभियान्ता हुन ।

Email : debikrishnarokaya@gmail.com

You May Also Like