मुगुमा कसले भत्कायो बन्दै गरेको कृषि सेवा केन्द्रको भवन ?

गमगढीः जिल्लाको सोरु गाउँपालिकामा निमार्णाधीन कृषि सेवा केन्द्रको भवन गएराति अज्ञात समूहले भत्कादिएका छन् । जिल्ला कृषि विकास कार्यालयसँग सम्झौता गरेर सोरु गाउँपालिकाले तीन हप्ताअघिदेखि सोरु गाउँपालिका–६ कुलाहाँमा भवन निर्माण कार्य शुरु गरेको थियो ।

गाउँपालिकाका प्रमुख लोकबहादुर शाहीका अनुसार गएराति कामदारहरु काम सकेर कालै, पुरुमुरु र जिमा गाउँमा सुत्न गएका बेला अज्ञात समूहले मौका छोपी भवन भत्काएको हो ।

गाउँपालिकाको केन्द्र सोरुकोट वा कुलाहाँ कहाँ राख्ने भन्ने’boutमा विवाद भए पनि कृषि सेवा केन्द्रको भवन’bout कुनै विवाद थिएन । भवन बनेपछि गाउँपालिकाको केन्द्र कुलाहाँ नै बन्छ भन्ने आशंकाले निमार्णाधीन भवन भत्काइदिएको हुनसक्ने गाउँपालिकाले अनुमान गरेको छ ।

बन्दै गरेको भवन अज्ञात समूहले भत्काइदिएपछि सोको मुचुल्का गर्न कालै गाउँमा रहेको प्रहरी चौकीबाट आज प्रहरी घटनास्थलमा गएको प्रहरी कार्यालयले जनाएको छ ।

एक तला चार कोठाको भवन कूल रु २५ लाख लागतमा निर्माण हुँदै थियो भने झ्यालसम्म भित्ता निर्माण भएको थियो । घटनास्थल जिल्ला सदरमुकामबाट पाँच घण्टा पैदल उत्तर दिशामा रहेकाले सूचना ढिलो प्राप्त भएको हो ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like